×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एपोलो ११ का पाइलट बज नेपालमा

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

एपोलो ११ का पाइलट बज नेपालमा

२० भाद्र २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


काठमाडौँ – चन्द्रमामा पहिलो पटक पाइला टेकेका अमेरिकी नागरिक बज अल्ड्रिन काठमाडौं आइपुगेका छन् । ८६ वर्षीय बज एभरेस्ट साइन्स सेन्टरको आमन्त्रणमा नेपाल आएका हुन् । ६ सदस्यीय टोलीसँगै आएका बज २४ गतेसम्म नेपालमा रहने छन् ।
उनले मंगलबार सुनसरी अमाहीबेल्हा सीतागञ्ज पुगेर एभरेष्ट साइन्स सेन्टरको अवलोकन गर्ने छन् साथै अन्तरिक्ष यात्राको अनुभवबारे पनि बताउने छन् । यसैगरी बुधबार र बिहीबार काठमाडौंको प्रज्ञा भवनमा हुने अन्तर्क्रिया कार्यक्रममा पनि उनी सहभागी हुनेछन् । बजको सुरक्षार्थ झण्डै साढे दुई सय प्रहरी परिचालनको तयारी प्रहरी प्रधान कार्यालयले गरेको छ ।
बजका साथमा उनका छोरा डा. एन्डी, बुहारी क्रिस्टिना, नासाका एलिजाबेथ लेवलन्स र जोसेफ लेवलन्स छन् । सन् १९६९ जुलाई २० मा निल आर्मस्ट्रङसँगै चन्द्रमामा पहिलो पटक पाइला टेकेका बज अमेरिकाको एयर फोर्सका सेवा निवृत्त पाइलट हुन् । बज चन्द्रमामा जाँदा प्रयोग भएको यान एपोलो–११ का पाइलट थिए ।
  • नेपाल आज 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: