×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

खुट्टी देख्दै चाल पाइयो, प्रचण्ड बुद्धमार्गी हुन् कि बुद्धूमार्गी !

LAXMI SUNRISE BANK

खुट्टी देख्दै चाल पाइयो, प्रचण्ड बुद्धमार्गी हुन् कि बुद्धूमार्गी !

२८ भाद्र २०७३, मंगलवार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

  • भुपेन्द्र आचार्य 

बाबुराम प्रधानमन्त्री भएका बेलामा चीनको एउटा एनजीओले ३ अर्व डलर खर्च गर्न तैयार भएको सूचना पाएपछि प्रचण्ड सिंगापुरदेखि अमेरिकासम्म पुगे, चिनियाँदेखि राष्ट्रसंघका महासचिव बानकि मुनसम्मलाई भेटे, लुम्बिनीमा आउन निम्तो पनि दिए । प्रधानमन्त्रीलाई भनेर बृहद लुम्बिनी विकास समिति बनाएर आफै त्यसको अध्यक्षमा नियुक्तिसमेत लिए । पछि भारतले टाङ अडायो, चिनिया आइएनजीओ दिल्ली गएर अनुमति लिन खोज्दा दिल्ली मानेन र त्यो योजना त्यसै सेलायो । प्रचण्डको त्यो समिति गठन र बिघटनको कुनै समाचार सार्वजनिक भएन । डलर आउने भएपछि ¥याल काढेका प्रचण्डको ¥याल सुक्यो, बृहद लुम्बिनी विकास समिति पनि ल्याङफ्याङ हुनपुग्यो ।
बल्ल यतिबेला प्रचण्ड प्रधानमन्त्री बन्न सफल भएका छन् । लामो कसरतपछि कांग्रेसको समर्थनमा सरकारको नेतृत्वमा पुगेको प्रचण्डले भदौ २१ गते अर्को खोक्रो भाषण गर्न पुगेका छन्– म बुद्धको सन्देश विश्वभर फैलाउँछु ।
यतिमात्र होइन, प्रचण्डले भनेका छन्– भारत वर्षका सम्राट अशोकले युद्धबाट फर्केर शान्तिका लागि हिडे, भगवान बुद्धले रचना गरेको मार्गमा हिडेर अशोक स्तम्भ बनाउँदै बुद्ध प्रचारमा जुटे । म पनि युद्ध मैदानबाट शान्ति मैदानमा आएको छु । हो, प्रचण्ड शान्ति प्रक्रियामा आएकै हुन् । उनले १७ हजारको हत्यापछि शक्ति बन्दुकको नालबाट होइन, जनताको मतबाट निस्कने व्यवहारिक ज्ञान पनि हासिल गरिसकेका छन् । तिनै प्रचण्डले सबैभन्दा पहिले बुद्धका सामु घोप्टो परेर आत्मालोचना गर्नुपथ्र्यो, हत्याहिंसाका सम्बन्धमा जनतासँग माफी माग्नुपथ्र्यो र म बुद्धमार्गी भएँ भनेर राष्ट्रका नामको संवोधनमा प्रष्टसँग आउनुपथ्र्यो । यी कुनै कुरा नगरेर चटके भाषण गर्न खप्पीस प्रचण्डले फेरि जनताको आँखामा छारो हालेका छन्, जनतालाई झुक्याएका छन् । प्रचण्ड बुद्धमार्गी बन्न सक्दैनन्, किनभने उनले बुद्ध र लुम्बिनीलाई पहिले धोका दिइसके, फेरि धोका दिने प्रपञ्च रच्दैगरेका छन् ।
 के प्रचण्ड लुम्बिनीमा आएर सम्राट अशोकले अशोक स्तम्भ गाडेझैं प्रचण्ड स्तम्भ गाडेर भन्ते बन्न तैयार छन् ? अहिंसाको सपथ खान सक्छन् ? बुद्धिष्ट एसोसियन अफ चाइनाका अध्यष छन् ह्वासँग बोलेजस्तो इमानदार बुद्धमार्गी हुनसक्छन् ? जो सत्ता, सम्पत्ति, शक्ति र परिवारवादमा चुर्लुम्मै डुबेको छ, उसले कसरी पञ्चशील र निर्वाणा प्राप्त गर्नसक्छ र ? प्रचण्ड शक्तिका रोगी, सत्ताका भोगी हुन्, रोगी र भोगीले गफ गर्न सक्छ, भावुक पनि हुनसक्छ तर सत्य जीवनमा रुपान्तरण गर्नसक्दैन । किनभने उभित्रका अंगअंगमा सामन्तपनको लेपन दलिएको हुन्छ ।
त्याग पहिलो सर्त हो बुद्धमार्गमा हिड्नेका लागि । प्रचण्ड जो साँढे दुई दशकदेखि पार्टीको अध्यक्ष त्याग्न सकेनन्, जसले आफ्ना जनयुद्धकालीन साथी त्यागे, सहयोगी त्यागे, लडाकाहरुलाई मर कि बाँच भनेर छाडिदिए, होनहार युवाहरुको जवानी युद्धमा बित्यो र युद्धपछिको भूमरिमा बितिरहेको छ । तिनीहरुलाई हेर्न नसक्ने, आफ्नो हित र स्वार्थमात्र हेर्ने व्यक्ति कसरी बुद्धमार्गमा हिड्न सक्छ ? प्रचण्डले गफ हाँके, कुम हल्लाएर भाषण गर्न च्याम्पेन छन् प्रचण्ड । त्यसकारण उनको बुद्धमागी बन्छु भन्ने कुरामा कसैलाई विश्वास छैन । हो, उनले म अशोकजस्तै, जत्तिकै योद्धा हुँ भन्ने अहंकार भने राम्रैसँग प्रदर्शन गर्न सकेका छन् ।
यतिबेला नेपालको आवश्यकता एउटा त्यागी नेताको छ । पार्टी, परिवार, आफन्त नहेरी देशलाई केन्द्रविन्दुमा राखेर देशहित, जनहितमा उभिनसक्ने नेता आजको खाँचो हो । त्यो खाँचो पूर्ति गर्ने पहल गरेमात्र पनि प्रचण्ड महान बन्नसक्छन् । उनलाई अशोक बन्ने रहर चलेको छ, लहडले रहर पूरा हुनसक्देन । प्रचण्ड लहडी हुन् र उनले लहड लहडमा देशलाई अराजकता र अस्थिरतामा धकेलिदिएका छन् । जाति, भाषा, भोष, क्षेत्रको विवादका जन्मदाता प्रचण्ड नै हुन् । बिखण्डन र बिभाजनका प्रेरणास्रोत पनि उनै हुन् । १२६ जातिका नेपालीलाई कुरुवंशमा रुपान्तरण गरेर आआफूमा भीडन्त गराउने षडयन्त्रकारी पनि प्रचण्ड नै हुन् । ती सबै महाभूलहरु सच्याएर आफूलाई सच्चा नेपालीका रुपमा प्रस्तुत गर्न सके भने प्रचण्ड त्यसै राजनेता बन्नेछन् । कहाँ सम्राट अशोक, कहाँ अर्थ न बर्थको जनयुद्धका नायक प्रचण्ड । कहाँ राजा भोज, कहाँ गंगु तेली ।     प्रचण्डको खुट्टी देख्दै चाल पाइयो, उनी बुद्धमार्गी हुन् कि बुद्धूमार्गी ?
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी