×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘दिल्लीमा बुद्धि नबिग्रियोस्’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

‘दिल्लीमा बुद्धि नबिग्रियोस्’

२८ भाद्र २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – ‘नखाउँ भने दिनभरिको सिकार खाउँ भने कान्छा बाउको अनुहार’ जस्तो भएको छ, प्रचण्डलाई भारत भ्रमण । बल्लतल्ल प्रधानमन्त्री भएपछि भारतसँग सम्बन्ध जोडी पार्टी बलियो बनाउने आधार तय भएका बेला एकीकरणमा आएका र दोस्रो तहका नेताले भारत भ्रमणमा विवेक नगुमाउन सल्लाह दिएपछि प्रचण्ड एक किसिमको तनावमा छन् । 
माओवादी केन्द्रका नेता रामबहादुर थापा बादल, नारायणकाजी श्रेष्ठ र मणि थापालगायतले भारत भ्रमणमा हुनसक्ने सम्झौताले पार्टीको भविष्यमा हानि हुनसक्ने ध्यानाकर्षण गराएका छन् । जनता र देशको हितविपरीत कुनै पनि सम्झौता नगर्ने बताएका प्रधानमन्त्री प्रचण्डले कुनै पनि एक विषयमा सम्झौता गरे पार्टीको पत्तासाफ हुने अनुमान नेता बादलको छ । केही दिनअघि भएको अनौपचारिक छलफलमा बादलले प्रधानमन्त्रीले बुद्धि बिगारेको खण्डमा पार्टी सखाप हुने संकेत गरेका थिए । ‘भारत पुगेपछि तपाईंको बुद्धि नबिग्रियोस्, नेपालको हितविपरीत कुनै पनि सम्झौता गर्नुभयो भने पार्टी सखाप हुन्छ, बुद्धि पु¥याउनुहोला, नभएर पार्टी सकिन्छ, पार्टी सकिएपछि हामी पनि सकिन्छौँ’ थापाले प्रचण्डसँग भनेका थिए । स्रोतका अनुसार नेता थापा प्रचण्डसँग निकैबेर कड्किएका थिए । 
त्यसैगरी नेता श्रेष्ठले भारतले अनावश्यक सम्झौता गर्न जोड दिएको खण्डमा भ्रमणबाट तुरुन्त फर्केर आउन सुझाएका छन् । ‘भारतले नेपालको हितविपरीत कुनै विषयमा सम्झौता गर्न खोजेको खण्डमा तपाईं त्यहीँबाट फर्केर आउनुस्, हाम्रो पार्टी र देशको इज्जत रहन्छ । तपाईंले हितविपरीत कुनै सम्झौता गर्नुहुन्न भन्ने हामीले विश्वास गरेका छौँ’ श्रेष्ठले भनेका थिए ।
अर्का नेता मणि थापाले भने पार्टी बिग्रिने पो हो कि भन्ने आम जनमानस र पार्टीभित्र चिन्ता र पिरलो रहेको औंल्याएका थिए । प्रधानमन्त्रीले कुनै पनि कुरामा आफ्नो अडान नछाड्ने सुझाव दिँदै उनले पार्टीको शिर उँचो बनाउने खोलका सम्झौता गर्न सुझाव दिएका थिए । 

भारत भ्रमणमा जान लागेको प्रधानमन्त्री प्रचण्डलाई सत्ता र भारत भ्रमणलाई पार्टीको संगठन विस्तार र पार्टी बलियो बनाउने हिसाबमा अघि बढाउन पार्टी नेता तथा कार्यकर्ताले सुझाव दिएका छन् । सत्तामा ध्यान दिँदा पार्टी बिग्रिएको प्रसंग निस्किरहेको बेला प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणमा नेपालको हितविपरीत कुनै पनि सम्झौता गरेको खण्डमा पार्टी बिग्रिने भन्दै चिन्ता व्यक्त गर्नेहरूको भीड बढेको छ । 
  • जनप्रहार साप्ताहिक 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी