×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

छक्का पन्जाले बनायो नेपाली सिने इतिहासमै नयाँ रेकर्डस्

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

छक्का पन्जाले बनायो नेपाली सिने इतिहासमै नयाँ रेकर्डस्

Artha Sarokar

२९ भाद्र २०७३, बुधबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम


काठमाडौँ –  गत शुक्रबारदेखि प्रदर्शनीमा आएको चलचित्र ‘छक्का पन्जा’ले नेपाली सिने इतिहासमा विभिन्न रेकर्ड बनाउन सफल भएको छ । हास्यव्यंग्य जानरामा बनेको यो फिल्मको निर्देशन दीपाश्री निरौलाले गरेकी हुन् । कलाकार दीपकराज गिरीलगायतले निर्माण गरेको यो फिल्मले हाम्रै समाजको यथार्थलाई पनि प्रस्तुत गरेको छ । केदार घिमिरे, जितु नेपाल, शिवहरि पौडेल, बुद्धि तामाङ, प्रियंका कार्की, वर्षा राउतलगायत कलाकारको अभिनय रहेको फिल्मले एक सातामै बनाएका ६ रेकर्डस् :
डेब्यु महिला निर्देशक
सफल टिभी सिरियलमा प्रायः दीपकराज गिरी र दीपाश्री निरौला सँगै देखिन्थे । तर, छक्का पन्जामा दिपाश्री निरौलाले पर्दापछाडि रहेर काम गरिन् । उनले ठूलो पर्दाको फिल्म निर्देशन गरेको यो पहिलोपटक हो । र, उनी पहिलो प्रयासमै सफल भएकी छिन् । अहिले चलचित्रको कथावस्तु, कलाकारको अभिनय मात्र होइन, दीपाश्रीको निर्देशन पनि बजारमा चर्चाको विषय बनेको छ । व्यावसायिक रूपमै पनि महिला निर्देशक यति धेरै सफल भएको यो पहिलोपटक हो ।
छोटो समयमा तीन करोड
छक्का पन्जाले सबैभन्दा कम समयमा तीन करोड रुपैयाँको ‘ग्रस कलेक्सन’ गर्न सफल बनेको छ । ९० लाखमा निर्माण भएको चलचित्रले पाँच दिनमा तीन करोड रुपैयाँभन्दा बढीको व्यापार गरेको निर्माण पक्षको दाबी छ । नेपाली चलचित्रले लगानी उठाउनै धौ–धौ परिरहेको यो समयमा छक्का पन्जाले गरेको आक्रमक व्यापार आर्फैँमा एउटा रकेर्ड हो ।
एकै दिन एक करोडभन्दा बढी
छक्का पन्जाले गत शनिबार मात्रै एक करोड २२ लाख रुपैयाँ कलेक्सन गरेको निर्माण पक्षको दाबी छ । यो पनि नेपाली चलचित्र इतिहासका लागि रकेर्ड नै हो । त्यसमाथि यो चलचित्रले ओपनिङ दिनमै ३३ लाखभन्दा बढीको व्यापार ग¥यो । रिलिज भएको दुई दिनमा नै यो चलचित्रले एक करोड ५५ लाखभन्दा बढीको व्यापार गरेको छ । नेपाली चलचित्रले दुई दिनमै यति धेरै व्यापार गरेको सम्भवतः यो पहिलोपटक हो ।
सातमा ६ हल हाउसफुल
छक्का पन्जा देशभरका ८० हलमा प्रदर्शन भइरहेको छ । फिल्म ओपनिङमै राम्रो व्यापार गर्न सफल रह्यो । शनिबार यो फिल्म गोपिकृष्ण हलका सातमध्ये ६ वटामा प्रदर्शन गरियो । यो २२ वर्षपछि बनेको रेकर्ड हो । छक्का पन्जाले भ्यालीबाहिरको हलमा पनि राम्रो व्यापार गरिरहेको छ ।
मोफसलमा पनि नाइट सो
राजधानीबाहिरका हलहरूमा नेपाली फिल्म चल्दा नाइट सो पनि गरेको अत्यन्त कम सन्दर्भ छन् । तर, छक्का पन्जाले यसमा पनि बाजी मारेको छ । निर्माताको दाबीअनुसार मोफसलका विभिन्न हलमा यो चलचित्रका लागि नाइट सो गरिएका छन् । निर्माता तथा कलाकार दीपकराज गिरीका अनुसार राजधानीबाहिरका प्रायः सबै हलमा मंगबार नाइट सो लागेको थियो ।

फिल्म हेर्न तीन पूर्वप्रधानमन्त्री
त्यसो त नेपाली चलचित्रमा राजनीतिमाथि व्यंग्य गरिएकै हुन्छ, नेताहरू पनि चलचित्रबारे कहिलेकाहीँ कुरा गर्छन् । तर, नेपाली राजनीति र सिने क्षेत्रको सम्बन्ध त्यति बलियो छैन । हलमा नेपाली चलचित्र लागेको कयौँ दिनसम्म पनि नेपाली नेताहरू हलसम्म पुगेका घटना अत्यन्त कम छन् । तर, छक्का पन्जा हेर्न पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली, झलनाथ खनाल र माधवकुमार नेपाल हलसम्म पुगे । त्यति मात्र होइन, केही दिन यता दर्जनौँ नेताको फोन आएको दीपकराज गिरी बताउँछन् ।
  • नयाँ पत्रिका
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी