×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विप्लव माओवादीको नाममा चन्दा उठाउदै ठगी गर्नेको पर्दाफास

GLOBAL IME BANK

विप्लव माओवादीको नाममा चन्दा उठाउदै ठगी गर्नेको पर्दाफास

२८ भाद्र २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – निकै लामो समय निस्क्रिए भएर एक महिना अघिमात्र विप्लव माओवादी छाडेका केदार खतिवडाले हिजोआज चन्दा आतङ्क मच्चाउँदै हिँडिरहेको खबर प्राप्त भएको संगठनले बताएको छ । उनले पार्टी परित्याग गरेको ६ दिनपछि व्यवसायी धनबहादुर केसीसँग १ लाख लिएको नगद रसिद फेला परेको अखिल क्रान्तिकारी उपत्यकाले विज्ञेप्ती जारी गरेर जनाएको छ ।
खतिवडाले अरु थुप्रै व्यवसायी, व्यापारी र स्कुल÷कलेजहरुबाट पार्टी छाडेपनि विप्लव माओवादीको नाममा व्यवसायीहरुसँग पैसा असुल्न नछाडेको तथ्य सार्वजनिक भएको छ । खतिवडाले धेरै ठाउँमा आफु आर्थिक विभाग प्रमुख भएको भन्दै चन्दा लिइरहेको तथ्य सार्वजनिक भएको छ ।

उनले नक्कली फोन नम्बर राखेर व्यापारीलाई धम्क्याएको कुरा व्यवसायी रामबहादुर महर्जनले बताए । उनी निकट एक विद्यार्थी नेताका अनुसार खतिवडाले विप्लव माओवादी छाडेपछि अहिलेसम्म १० देखि १५ लाख उठाएको बझिएको छ । पहिला आफुसँग जाने टिमलाई उठाएको पैसा सबैलाई बाँड्छु भने पनि एकलौटी रकम जम्मा गरेको खुल्न आएको छ ।

निज खतिवडा यसअघि विप्लव माओवादीको विद्यार्थी संगठनमा क्रियाशिल थिए । उनले विद्यार्थीको २० औं सम्मेलन भाँडेर समानान्तर गतिविधी चलाउँदै आएका थिए । पछिल्लो समय विद्यार्थी संगठनलाई माउ पार्टीले पूर्ण सिंहको नेतृत्वमा जिम्मेवारी दिएपछि उनले असन्तुष्टि राख्दै संगठनलाई नै कमजोर बनाउने अभियानमा लागेका थिए ।
संगठनले आफ्नो गतिवीधि तिव्रता पारेसँगै र पार्टी आन्दोलनमा जाने भएपछि आफुले सोचेजस्तो नहुने देखेर उनले रातारात पार्टी परित्याग गरे । अहिले खतिवडा माओवादी केन्द्रमा पिविएमको बाग्रेनिङ गर्दै आएको कुरा माओवादी केन्द्रका एक नेताले बताए । ती नेताका अनुसार भ्रष्ट्र व्यक्तिलाई पार्टीको केन्द्रमा नराख्ने कुरा खुल्न आएको छ ।
माओवादी केन्द्रले पनि नलिने र विप्लव माओवादीले कार्वाही गरेको खतिवडा यो बीचमा विप्लव माओवादीकै नाममा पैसा उठाउँदै हिँडिरहेका छन् । उनको यो कार्यलाई विप्लव माओवादी विद्यार्थी संगठनका उपत्यकाले घोर आपत्ति जनाएको छ ।

उपत्यका संयोजक लोकेश विश्वकर्माले एक विज्ञप्ती जारी गर्दै निज खतिवडाले गरिराखेको गतिविधी तत्काल बन्द र व्यवसायीहरुबाट संकलन गरेको रकम व्यवसायीलाई नै तुरुन्त फिर्ता गर्न आह्वान गरेका छन् । उनले फिर्ता नगरे सबै उपाय प्रयोग गरिने बताएका छन् ।

  • जनपाटी

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: