
काठमाण्डौ – पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले चन्द्रागिरिको डाँडामा पृथ्वीनारायण शाहको शालिक निर्माण गर्नुपर्ने बताएका छन् ।
बुधबार नेकपा (एमाले) पर्यटन विशेष इलाका कमिटीले काठमाडाँैको चन्द्रागिरिमा आयोजना गरेको चन्द्रागिरि हिल्स पर्यटन प्रवद्र्धन कार्यक्रममा बोल्दै उहाँले चन्द्रागिरि ऐतिहासिक भूमि भएकाले यहाँ नेपाललाई एकीकरण गर्ने पृथ्वीनारायण शाहको शालिक निर्माण गर्नुपर्ने बताएका हुन् ।
अध्यक्ष ओलीले भने–‘चन्द्रागिरिको यो डाँडो धार्मिक तथा ऐतिहासिक दृष्टिकोणले महत्वपूर्ण क्षेत्र हो । पृथ्वीनारायण शाहले यही डाँडाबाट हेरेर जुँगा मुसार्दै काठमाडाँै आक्रमण गर्ने योजना बनाएर सफलता हासिल गरे । त्यसैले यहाँ शालिक निर्माण गर्नु उचित हुन्छ ।’
उनले यहाँ धार्मिक तथा ऐतिहासिक महत्व झल्कने पूर्वाधारको विकास गर्न सरकारसँग आग्रह गर्दै भन–‘म सरकारलाई यस्ता धार्मिक तथा ऐतिहासिक क्षेत्रको विकास गर्न आग्रह गर्न चाहन्छु । नभए समय पर्खनुस, यसको विकासमा लाग्ने सरकार बनिहाल्छ ।’
उनले चन्द्रागिरि हिल्स प्रालिका प्रमुख चन्द्रप्रसाद ढकाललाई पर्यटन विकासमा योगदान पु¥याएको कदरस्वरुप सम्मान समेत गरेका थिए ।
प्रालिका प्रमुख ढकालले स्वदेशी तथा विदेशी पर्यटक आकर्षित गर्न चन्द्रागिरिमा केबलकार सञ्चालन गरेको बताए ।
दलका भ्रातृ सङ्गठन र विभिन्न निकायले चन्दा आतङ्क मच्चाउने र धम्की दिने कार्र्य रोक्नुपर्नेमा उनको जोड थियो ।
एमाले अध्यक्ष ओली, ओली पत्नी राधिका शाक्य, एमालेका पूर्वअध्यक्ष एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, युवराज ज्ञवाली, भीम रावल, अष्टलक्ष्मी शाक्य, सचिव प्रदीप ज्ञवाली, अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहरा, लेखा आयोगका अध्यक्ष पुष्प कँडेल, सल्लाहकार कमिटी अध्यक्ष केशव बडाल, स्थायी कमिटी सदस्य किरण गुरुङ, मुकुन्द न्यौपाने, पूर्वमन्त्री महेश बस्नेतलगायतका एमालेका स्थायी कमिटी सदस्य, पोलिटब्युरो सदस्य, केन्द्रीय सदस्य, प्रदेश कमिटी इन्चार्ज, एमाले कार्यकर्ता, पर्यटन व्यवसायी र पत्रकारले चन्द्रागिरिको भ्रमण गरेका थिए ।
केबुलकारमा चन्द्रगिरि डाँडामा पुगेको टोलीले हिल्सले निर्माण गरेका विभिन्न संरचनाका साथै भालेश्वर मन्दिर क्षेत्रको अवलोकन गरेको थियो ।
- बिज़शाला डट कम
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्