
काठमाडौँ – चितवन प्रहरीले लागुऔषध चरेस बरामत गरेको छ । ट्रकमा राखेर धादिङबाट बीरगञ्ज लैजादै गरेको १४ बोरा लागुऔषध चरेश बरामत गरिएको चितवन प्रहरीले जनाएको छ । चेक जाँचका क्रममा ना ३ ख ६३५२ नम्बरको ट्रकमा राखेर लैजादै गरेको अवस्थामा १४ बोरा चरेस मुङलीन प्रहरीले बरामत गरेको चितवन प्रहरीका प्रमुख एसपि बसन्त कुँबरले जानकारी दिए ।
चालक मकवानपुर नामटार निवासी ३० बर्षिय कुमार गोले सहित ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । करौडौ मुल्य रुपैयाँको सो चरेस कसले कहाँ लगेको हो भन्ने खुल्न सकेको छैन । सो चरेस चितवन प्रहरीले बरामद गरेको हालसम्मकै ठुलो परिणामको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्