×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गितार छाडेर कहाँ पुगे हात ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

गितार छाडेर कहाँ पुगे हात ?

Artha Sarokar

२१ भाद्र २०७३, मंगलवार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौं – नेपाली सांगीतिक उद्योग चरित्रका हिसाबले त्यति गतिलो पटक्कै छैन । गीतहरू युट्युबमा भाइरल भए पनि गीत बनाउनेका चरित्र र बानी भने मान्छेका मुख–मुखमा झुन्डिने गरेका छन् । नेकपा माओवादी केन्द्रमा लागेर फिल्मसमेत निर्माण गरिसकेका संगीतकार चेतन सापकोटा र उनका साथी गणेश भण्डरी जसलाई माओवादीले चलचित्र विकास बोर्डको अध्यक्षसमेत बनाइसकेको थियो, उनीहरू विरुद्धका उजुरीले मुख्यालय पेरिसडाँडामा कोकोहोलो मच्चिएको छ । ‘भाग सानी भाग’ भन्ने फिल्म बनाएर प्रचण्डको दैलोमा आफ्नो शिर राखेका सापकोटाका लागि अहिले लाजिम्पाटमा पनि ढोका बन्द छ । बरु, उनीविरुद्ध उजुरीका उपर छानबिन गरी कारबाहीका लागि सिफारिस बोक्नेहरू खुसीले मख्ख भएका छन् । 
क्रान्तिको साथ दिने भनेर प्रचण्डका चेलाचपेटासँग परिवारसँगै सम्बन्ध बनाएका सापकोटा अहिले बलात्कार प्रयासको अभियोगमा पेरिसडाँडाको कारबाही पर्खेर बसेका छन् । अरूलाई क्रान्ति, जागरण र परिवर्तनका निम्ति आह्वान गर्ने यिनै सापकोटा आम बुझाइभन्दा निकै पृथक् रहेको उदेकलाग्दो घटना फेला परेको छ । उनी जस्तै माओवादीनिकट जनसांस्कृतिक महासंघ हाँक्दै आइरहेका गणेश भण्डारीको इज्जतमा पनि कहिल्यै नमेटिने गरी कालो धब्बा पोतिन पुगेको छ । 

आफ्नै साथीकी किशोरी छोरीको जवानीमाथि मनथाम्न नसकेर आँखा गाड्दा माओवादीनिकट जनसांस्कृतिक महासंघका तत्कालीन अध्यक्ष गणेश भण्डारी र महासंघ सम्वद्ध सापकोटा कारबाहीमा पर्ने भएका छन् । 

ललितपुरको एक रेस्टुरेन्टमा भण्डारी, सापकोटा, राप्रपाका असन्तुष्ट नेता र सिन्धुपाल्चोकका सापकोटा थरकै एक युवकले रक्सी पिए । माओवादी प्रवेशको तयारीमा रहेका भनिएका राप्रपा सम्वद्ध ती नेताले यसकै खुसियालीमा उक्त जमघट गरेका थिए । 
खाएपछि आँखा नदेख्ने गरी खानुपर्ने सापकोटा र भण्डारीले मध्यरातसम्म रेस्टुरेन्टमा बिताए । मदिराले मात्तिएर घर जान सक्ने अवस्थामा नभएपछि चेतन र गणेशलाई ती नेताले आफ्नो चापागाउँस्थित निवासमा लिएर गएका थिए । आफ्नो निवासमा भण्डारी र सापकोटालाई लगेर टिभी हेर्दै गरेकी श्रीमती र गितार बजाइरहेकी छोरीलाई बोलाएर परिचय गराएका थिए । गितार बजाइरहेकी छोरीलाई छाडेर नेता दम्पती सुत्न गए पनि सापकोटा र भण्डारी गितार सिकाउने बाहनामा छोरीसँग जिस्किएर बसेका थिए । गितार सिकाउने ती हात कहाँ पुगे भन्ने पत्तो नपाउने गरी पिएका सापकोटा र भण्डारीलाई अहिले त्यही उजुरीले पिरोलेको छ । छोरी चिच्याएपछि अत्तालिएका बाबुले उनीहरूको कर्तुत थाहा पाएपछि बेस्सरी भकुरेका थिए । ‘रामधुलाई’ भेटेपछि जुत्ता–चप्पल छाडेर सापकोटा र भण्डारी राति नै भागेका थिए ।
उजुरीलगत्तै माओवादी केन्द्रले सांस्कृतिक विभाग इन्चार्ज विश्वभक्त दुलाल आहुतिको नेतृत्वमा दुई सदस्यीय छानबिन टोली बनाएको थियो । छानबिन टोलीले सापकोटा र भण्डारीले मदिरापान गरेर ती नेताको छोरीमाथि दुव्र्यवाहर गरेको पाइएको र कारबाहीका लागि पार्टी कार्यालयमा प्रतिवेदन बुझाएको आहुतिले बताए । ‘भण्डारी र सापकोटामा गम्भीर सांस्कृतिक विचलन देखिएको छ,’ आहुतिले भने, ‘उनीहरूलाई कारबाहीका लागि सिफारिस गर्दै पार्टीलाई प्रतिवेदन बुझाएका छौँ ।’ 
सापकोटा र भण्डारीलाई माओवादी केन्द्रले जनसांस्कृतिक महासंघको जिम्मेवारीबाट मुक्त गराइसकेको छ । अहिले जनसांस्कृतिक महासंघको कार्यवाहक अध्यक्ष सीता शर्मालाई दिइएको छ । यसबारे उजुरी परेलगत्तै दुवैलाई आ–आफ्नो जिम्मेवारीबाट राजीनामा गर्न पार्टीले लगाएको थियो । बाँच्नका लागि दुवैले अहिले लाजिम्पाटको दैलो चाहार्न खोजे पनि प्रचण्डले साथ दिएका छैनन् । सांस्कृतिक विचलन भनेकै यौन काण्डमा संलग्न रहनु भनी माओवादीले निर्णय गरिसकेको छ । ‘कारबाहीबाट नजोगाऊनू ?’, हेडक्बार्टरको आदेश छ । स्रोतका अनुसार हेडक्बार्टरले अहिले यस्ता घिनलाग्दा विषयमा बचाउको प्रयास नगर्ने जनाइएको छ । 

माओवादीले कारबाही नगरे उनीहरूलाई कानुनी रूपमा नै कारबाही गर्नुपर्ने पीडित पक्षको अभियान नै रहेको छ । उनीहरू कुनै पनि हालतमा दुवैलाई नछाड्ने पक्षमा उभिएको स्रोतको दाबी छ । 
  • जनप्रहार साप्ताहिक 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी