×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिभिल बैंकले हामा मर्चेन्ट एण्ड फाइनान्स खरीद गर्ने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सिभिल बैंकले हामा मर्चेन्ट एण्ड फाइनान्स खरीद गर्ने

२० भाद्र २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


काठमाण्डौ – केही समयअघि आइएलएफसी फाइनान्ससँग मर्जरको सबै प्रक्रिया पूरा गरी अन्तिम स्वीकृतिका लागि नेपाल राष्टबैंकमा निवेदन पेश गरेको सिभिल बैंक लिमीटेडले हामा मर्चेन्ट एण्ड फाइनान्स लिमीटेडलाई खरीद गर्ने भएको छ । 
फाइनान्स खरीद सम्बन्धी समझदारीपत्रमा सिभिल बैंकका अध्यक्ष ई. इच्छाराज तामांग र हामा मर्चेन्ट एण्ड फाइनान्स लिमीटेडका अध्यक्ष राजनकृष्ण श्रेष्ठले हस्ताक्षर गरेका छन् । 
फाइनान्सको प्राप्तिपछि बैंकको नाम सिभिल बैंक नै रहने तथा बैंकको हालकै संचालक समिति एवम् उच्च व्यवस्थापन यथावत रहने बताइएको छ । 
यसअघि सिभिल बैंकले रु २ अर्ब चुक्तापुँजी रहेको इन्टरनेसनल लिजिङ एन्ड फाइनान्स कम्पनी(आइएलएफसी)लाई गाभ्ने र रु २३ करोड चुक्ता पुँजी रहेको युनिक फाईनान्सलाई प्राप्ति गर्ने सम्झौता गरिसकेको छ । 
पछिल्लोपटक एक्वायरको सम्झौता गरेको हामा मर्चेन्ट एण्ड फाइनान्सको चुक्तापूँजी २२ करोड रुपैयाँ रहेको छ । सिभिल बैंकको चुक्तापूँजी चाहि ५ अर्ब ५४ करोड रुपैयाँ छ । 
यो प्राप्तिबाट बैंकको व्यवसाय गर्ने क्षमता वृद्घि भई केही ठूला परियोजना लगायत उद्योग व्यवयसायमा थप लगानी गर्न सहज हुने बैंकका प्रमुख कार्यकारीअधिकृत किशोर महर्जनले बताए । 
T-24 नामक अत्याधुनिक अपरेटिङ्ग सफ्टवेयर प्रयोग गरेको यस बैंकले आगामी दिनहरुमा नयाँ तथा ग्राहकमुखी थप सेवाहरु पनि थप्दै लाने कुरा बैंकले स्पष्ट पारेको छ । 
साथै, २०७४ असाढ मसान्तसम्म बैंकको चुक्तापुँजी ८ अर्ब पु¥याउन बैंकले बोनस शेयर र हकप्रद शेयर एवम् अन्य बैंक तथा वित्तीय संस्थासँग गाभ्ने र गाँभिने प्रक्रियालाई पनि साथ–साथै अगाडि बढाइने सीइओ महर्जनले जानकारी दिए । 
  • बिज़शाला डट कम 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी