Skip to content
LAXMI SUNRISE BANK

युनिक फाइनान्सको बोनस सेयर राष्ट्रबैंकबाट स्वीकृत

अर्थ सरोकार


काठमाण्डौ – सिभिल बैंकसँग एक्वायरमा गएको युनिक फाइनान्स लिमीटेडले प्रस्ताव गरेको १६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि नगद लाभांशलाई नेपाल राष्ट!बैंकले स्वीकृति प्रदान गरेको छ । फाइनान्सले बुधबार नेपाल स्टक एक्सचेञ्जलाई सो बिषयमा जानकारी गराएको हो । 
यो फाइनान्सले १६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि कुल २० लाख ९ हजार ३ सय ४७ रुपैयाँ नगद लाभांश वितरणको प्रस्ताव गरेको थियो । दुवै प्रस्ताव राष्ट्रबैंकले स्वीकृत गरिदिएको हो । 
युनिक फाइनान्सलाई साउन दोश्रो साता सिभिल बैंकले खरीदको सम्झौता गरेको थियो । 
यो फाइनान्सको चुक्तापूँजी २३ करोड रुपैयाँ रहेको छ । १६ प्रतिशत बोनस सेयरपछि यसको चुक्तापूँजी २६ करोड ६८ लाख पुग्नेछ । यो फाइनान्सले आर्थिक वर्ष २०७२ ७३ को अवधिमा ४ करोड ८५ खूद नाफा गरेको थियो । 

  • बिज़शाला डट कम 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK