
बीरगजं – बीरगंज स्थित कर्पोरेट डेभलपमेन्ट बैंक कौडीमा विक्री हुन लागेको भन्दै कतिपय सेयरहोल्डर हरुले आपत्ति जनाएका छन् । नेपाल राष्ट्र बैंकले कर्पोरेट डेभलपमेन्ट बैंकलाई समस्याग्रष्त धोषित गरेर बिभिन्न समयमा प्रकाशीत गरेको सचेतहुने सुचनालाई आधार मान्ने हो भने आजसम्म कर्पोरेट डेभलपमेन्ट बैंक खारेजी गरीसक्नु पर्दथ्यो तर कसैको व्यक्तिगत स्वार्थको कारण बैंकको खराब अवस्था आएको र यो अवस्था आउनुको पछाडिको खास कारणमा नेपाल राष्ट्र बैंकको ध्यान नै नपुगेको उनीहरुको गुनासो छ ।
बैंकका एक जानकार भन्छन्, ‘तत्कालिन अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतले अतिरक्ति लाभ उठाउंदा आज बैकंको यो हबिगत भयो । बिसलाख कित्ता शेयर जारी गरेको यस बैकंले यतिको शेयरधनीहरुको लगानीलाई डुबाएर केवल केही व्यक्ति धनी बन्दा पनि नेपाल राष्ट्र बैंक मौन बसेको छ । बैंकलाई कौडीको भाउमा बिक्री गर्ने अनुमति दिएसँगै कतै राष्ट्र बैंकसँगै पो मिलेमतो भयो कि भन्ने प्रश्न उठेको छ ।
जानकारहरु बैंकको बासलात हेर्दा जतिपनि घोटला भएको स्पष्ट देखिने बताउँछन् । तत्कालिन अध्यक्ष मोहन राज रेग्मी, तत्कालिन सिइओ बिपिनराज पोखरेल र अडिट कमीटीका सदस्य बिनयराज पोखरेलको अदुर्दशिता र निजी स्वार्थका कारण बैंक डुब्ने स्थितिमा आएको उनीहरुको आरोप छ । बैंकका एक शेयरहोल्डरले दिएको जानाकारी अनुसार तिनै व्यक्तिहरुको पहलकदमीमा विक्री प्रक्रीया अधि बढेको छ ।
पुर्व अध्यक्षलाई चोख्याउन पुर्व सिइओलाई कार्वाहीको नाटक गरी रु.५००००० जरिवाना गरीएको छ । यहासम्मकी समस्याग्रस्त संस्था रिजोलुसन महाशाखाको वार्षिक प्रतिवेदनमा पनि समस्यग्रस्त सबै बैकको रिपोर्ट प्रकाशित गरेर केवल कर्पोरेट डेभलपमेन्ट बैंकको मात्र सुपरीबेक्षणनै नगरी प्रतिवेदन सर्बजनिक गरिएको छ ।
जानकार भन्छन् ‘पछिल्लो घटनाक्रमअनुसार यस बैकलाई कौडीको दाममा यसै बैकका केही सन्चालकलाइ १०० को ६० को दरमा बिक्री गर्ने निर्णय बोर्डले पासगर्यो र सो फाइल राष्टबैंकमा पुगेको छ । यो निणर्यले सिमित व्यक्तीलाइ त लाभ होला तर शेयरधनि लगायत कर्मचारीको बेहाल हुनेछ ।
यस बैकलाइ चाँडोभन्दा चांडो बिक्रीगरी चोखिने दाउमा लागेका सिमीत बोर्डका सदस्यहरुको निर्णयले राष्ट बैंकको निर्णय पर्खीरहेको छ भने नेपाल राष्ट बैंक पनि सो निर्णय पास गरी बैंक डुवाउनेहरुलाइ कारबाही नगरी उन्मुत्ती दिन तर्फ अग्रसर छ ।’ ‘नेपाल राष्ट्र बैंकले हस्तक्षेप गरी आफ्नो हातमा नलिने हो यस्ता भ्रष्टाचारीहरुलाई उन्मुक्ति दिने हो भने अन्य यस्ता बैंकरहरुको पनि मनोवल बडनेमा दुइमत छैन । नेपाल राष्ट्र बैंकले सोचोस ।’ शेयरहोल्डर हरुको भनाइ छ ।
यसबारे बुझ्न हामीले नेपाल राष्ट्र बैंकका प्रबक्ता त्रिलोचन पंगेनीलाइ सम्पर्कको प्रयास गरेका थियौं तर उनको नम्बर केहि समयदेखि निरन्तर अफ छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्