×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अनियमितताको आरोपमा प्रधानाध्यापकसहित चार जनाविरुद्ध उजुरी

GLOBAL IME BANK

अनियमितताको आरोपमा प्रधानाध्यापकसहित चार जनाविरुद्ध उजुरी

२३ भाद्र २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

खोटाङ – रकम हिनामिना गरेको आरोपमा खोटाङ जिल्लाको पश्चिमी गाविस दुर्छिम–५ स्थित दुर्छिम उच्च माविका व्यवस्थापन समिति अध्यक्ष रुपेन्द्र राई, प्रधानाध्यापक विष्णुकुमार राई, समितिका सदस्य प्रदीप राई र बाल राईविरुद्ध उजुरी परेको छ । अध्यक्ष, प्रअ र दुईजना सदस्यको मिलोमतोमा दलित छात्रवृत्ति, भवन निर्माण तथा दातृ निकायबाट प्राप्त रु ३५ लाख ५० हजार रकम हिनामिना भएको उजुरीमा उल्लेख छ ।

दलित छात्रवृत्तिका लागि विगतका तीन आर्थिक वर्षमा आएको रु तीन÷तीन लाख गरी जम्मा नौ लाख, विद्यालय भवन निर्माणका लागि जिल्ला शिक्षा कार्यालयबाट प्राप्त २४ लाख, अभिभावकबाट चन्दा सङ्कलन गरिएको रु एक लाख र फर्निचर निर्माणका लागि गाविसबाट छुट्याइएको एक लाख ५० हजार रुपैयाँ रकम उनीहरुले हिनामिना गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय काठमाडौँमा परेको उजुरीमा दाबी गरिएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: