×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भीम रावलको ‘काउन्टर अट्याक’ प्रचण्डलाई

GLOBAL IME BANK

भीम रावलको ‘काउन्टर अट्याक’ प्रचण्डलाई

२३ भाद्र २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहालको सम्बोधन सकिनासाथ एमालेका उपाध्यक्ष भीम रावलले  सदनमा दिएको वक्तव्यलाई प्रचारमुखी मात्र भएको संज्ञा दिएको छ ।

साउन १९ गते सदनबाट प्रधानमन्त्रीमा निर्वाचित दाहालले पहिलोपटक आज व्यवस्थापिका–संसदमा सरकारका प्राथमिकता, हालसम्मका उपलब्धिका बारेमा एकघन्टा लामो लिखित मन्तव्य राखेका थिए ।
बैठकबाट बाहिरिने क्रममा एमालेका उपाध्यक्ष भीम रावलले बजेटमै व्यवस्था नभएको कार्यक्रमका बारेमा प्रधानमन्त्री दाहालले आफ्नो भनाइ राख्नु सस्तो प्रचारमात्र भएको टिप्पणी गरे ।

उनको प्रश्न थियो – ‘प्रधानमन्त्रीले बोल्नुभएका विषय बजेट वक्तव्यमा छैन । कहाँबाट पैसा ल्याएर त्यो पूरा गर्नुहुन्छ ?’ उपाध्यक्ष रावलले संविधान संशोधन कसका लागि किन चाहियो भन्ने प्रश्न गर्दै यो बेकारमा चलाइएको हल्लामात्र भएको बताए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: