
काठमाडौ । यतिवेला नेकपा एमाले भारतीय संस्थापनविरुद्ध आक्रामक देखिएको छ । आफ्नो नेतृत्वको सरकार गिराउनका लागि भारत सक्रिय भएर लागेका कारण एमाले उसको विरोधमा उत्रिएको छ । एमालेले भारतले नेपालमा राजनीतिक हस्तक्षेप बन्द नगरेसम्म सम्बन्ध सुधार नहुने दाबी पनि गरेको छ । उपाध्यक्ष भीम रावलले भारतले नेपालको आन्तरिक मामलामा सुक्ष्म प्रवन्ध गर्न खोज्ने व्यवहार नसच्याएसम्म दुई देशवीचको सम्बन्ध राम्रो हुन नसक्ने स्पष्ट पारेका छन् ।
रावलले प्रधानमन्त्रीले आफ्नो भ्रमणमा सुर्पुदगी सन्धी, १९५० को सन्धि, लिपुलेक, सिमाना विवादका कुराहरू प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भ्रमणमा भारतीय पक्षसँग स्पष्ट रुपमा राख्नुपर्ने बताए। थपे,‘कतिपय प्रावधानहरूमा समानतामा आधिरत छैनन्, त्यसको पुनारावलकन गर्नुपर्छ, प्रबुद्ध समुह बनेकैछ, यसको सुझावको आधारमा काम गर्नुपर्छ ।’
रावलले १९५० को सन्धी र त्यसयता भएका पत्रहरुको पुनरावलोकन र अध्यावधिक गर्नेबारे प्रष्ट धारणा राख्नुपर्ने बताउँदै कानुनी सहायता तथा सुपर्दगी सन्धीमा नेपालका अदालतमा विदेशी कानुन व्यवसायीले बहस पैरवी गर्न पाउने तथा तेस्रो मुलुकका नागरिकलाई सुपुर्दगी गर्ने प्रावधान हटाउने अडान कायमै राख्न माग गरे । भने,‘कुनै पनि खाले वैदेशिक हस्तक्षेप स्विकार्य हुन सक्दैन, प्रधानमन्त्रीले भारत भ्रमणका बेला राष्ट्रियहितका बारेमा काम होस् भन्ने एमालेको धारणा रहेको छ, हामीले प्रधानमन्त्रीलाई भेटेर आफ्ना कुराहरू राखिसकेका छौँ, भारतसँगको सम्बन्धलाई अझै सुमधुर र मज्बुद बनाउन, समास्यारहित बनाउन हाम्रो सुझाव रहेको छ ।’
सिमानामा रहेको विवाद र दशगजा मिच्ने कार्य, डुवानमा पार्ने खालका कार्य हाम्रा लागि दुःखद विषय हुन, यी समस्याहरू समाधान गर्नुपर्छ अनिमात्र दुई देशको सम्बन्ध राम्रो हुनसक्ने उनको दाबी छ । रावलले भ्रमणका क्रममा नेपालको राष्ट्रिय स्वाधिनता, स्वाभिमान र स्वतन्त्रता र राष्ट्रिय हितमा असर पर्ने खालका कुनैपनि सम्झौता नगर्न समेत आग्रह गरेका छन् ।
‘हामी भारतसँग सुमधुर सम्बन्धको पक्षमा छौं तर, हाम्रो राष्ट्रिय हितका कुरालाई उत्तेजनाको रुपमा र असन्तुलित सम्बन्धका रुपमा ब्याख्या गर्ने भुल नगरियोस, रावलले थपे । प्रधानमन्त्री दाहाललाई पार्टीको तर्फबाट लिखित ध्यानाकर्षण पत्र बुझाउँदै अध्यक्ष केपी ओलीले प्रधानमन्त्री दाहाललाई भनेको भनाई उदृत गर्दै भने, ‘भारत भ्रमणबाट फर्केर आउँदा तपाईंको प्रशंसा गर्न पाइयोस देशको हित विपरित कुनै सम्झौता नहोस् ।’
उनले इन्धन आपूर्तिमा एकपक्षको निर्भरताका लागि फेरि भएको प्रयासप्रति पनि आफ्नो पार्टीले आपत्ती जनाएको बताउँदै इन्धनको भारतीय पाइपलाइन विस्तार गरेपछि नेपालले अन्यत्रबाट पेट्रोलियम ल्याउन नपाउने गरी सम्झौता हुन नहुने बताए ।
उनले अघि थपे,‘विगतमा नेपालले भारत बाहेक अन्यत्रबाट पेट्रोलियम ल्याउन नपाउने सम्झौता गरेको थियो । तर, भारतले नाकाबन्दी लगाएपछि चीनबाट पनि पेट्रोलियम पदार्थ नेपाल ल्याइएको थियो । अहिले फेरि भारतबाट मात्रै इन्धन ल्याउनेगरी सम्झौताको तयारी सरकारले गरेको छ ।’
उनले सरकारले रेडियो नेपाल र नेपाल टेलिभिजनजस्ता राष्ट्रिय स्वामित्वका सञ्चार माध्यममा सामग्री उत्पादन र प्रशारण तथा क्षमता अभिबृद्धिका नाममा भारतीय पक्षलाई प्रवेश गराउने काम नगर्न आग्रह गरे । त्यस्तै रावलले सीमा क्षेत्रको अपराध नियन्त्रणमा भारतले सहयोग गर्नु पर्नेमा स्पष्ट भएर कुरा राख्न एमालेले आग्रह गरेको छ । महाकाली नदीको एकीकृत विकाससम्वन्धी सन्धी अन्तर्गत विकास परियोजना प्रतिवेदन निर्माण गर्दा महाकाली पानीको आधामा नेपालको हक रहने, लाभको हिस्सा अनुकुल लगानी, विद्युत उत्पादनको परिमाण घटाउन नहुनेबारे छलफल गरेर मात्र निर्णय गर्न प्रधानमन्त्रीलाई आग्रह गरे ।
अर्को प्रसँगमा रावलले संविधान संशोधन कहाँ, के को लागि, कसको लागि त्यसको औचित्य प्रष्ट नभई संविधान संशोधन गर्न खोज्नुको कुनै अर्थ नभएको भन्दै छिटोभन्दा छिटो तीनवटै निर्वाचन गरि पहिला संविधान कार्यन्वयनमा जानुपर्ने र आवश्यकता परेको खण्डमा संशोधन गर्न सकिने बताए ।
उनले स्थानीय तहको निर्वाचन तत्काल गर्नुपर्ने भन्दै आयोगले प्रतिवेदन दिएपछि मात्रै एमालेले संख्या र सिमाको बारेमा निर्णय गर्ने भन्दै प्रदेश सिमाङ्कन गर्दा जनताको सेवासुविधा कटौती गर्न नहुने जिकिर गरे ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्