×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

धन कमाउन बहिनीको बली ! काठमाडौंमै मानब खप्परको व्यापार

LAXMI SUNRISE BANK

धन कमाउन बहिनीको बली ! काठमाडौंमै मानब खप्परको व्यापार

२८ भाद्र २०७३, मंगलवार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौं – नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो (सिआईबी) ले ढोंगी तान्त्रिकलाई पक्राउ गरेको छ  । तान्त्रिकको पक्राउ पश्चात राजधानीमै मानव खप्पर र हाडखोरको व्यापार हुने गरेको समेत खुलासा भएकोे छ ।  
ढोंगी तान्त्रिकको पछि लागरे धन आर्जन हुन्छ भन्दै मानब बली दिने तथा खप्पर र हाडखोर किन्ने गरेको समेत खुलासा भएको छ  ।  
स्वयम्भूमा गत वर्ष मानव बलि दिने प्रयास गरेको घटनामा पक्राउ परेकाको बयानबाट राजधानीमै मानव खप्पर र हाडखोर किनबेच भइरहेको सिआईबीको अनुसन्धानबाट खुलासा भएको छ  । 
उक्त घटनामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले मानब बली दिन उस्काउने तथा खप्पर र हाड किन्न लगाउने भारतीय तान्त्रिक भनिने कानु पहरीसहित आठ जनालाई पक्राउ गरी अनुसन्धान जारी राखेको छ  । 
प्रहरीका अनुसार पहरीसहित दुई जनाले राजधानीको मित्रपाकस्थित एक जडीबुटी पसलबाट १९ हजार  रुपैयाँमा मानव खप्पर खरिद गरेको बयान दिएका छन्  । प्रहरीले घटनामा पहरीका साथबाट मानव खप्पर, हाडखोर र खुकुरीसमेत बरामद गरेको छ  ।
उक्त पसल पहिले प्रेम सिवाकोटीले चलाउँदै आएका थिए  । पछिल्लो भूकम्पमा सिवाकोटीको निधन भएपछि बुहारी सीताले चलाउँदै आएकी छन्  । गत वर्ष पक्राउ सीतालाई कागजी जमानीमा छाडिएको थियो  । ‘उनीहरूले पहिले ससुरासँग लिने गरेको भन्दै मोलसमेत आफैंले तोकेर सीतासँग खप्पर किनेको बयान दिएका छन्,’ ब्युरोका अधिकारीले भने  ।
तान्त्रिकको अपत्यारिलो कथा र आश्वासनका पछि दौडँदा अन्जानमै मानव बलिजस्तो जघन्य अपराधले प्रश्रय पाउन लागेको प्रहरीले जनाएको छ  । स्वयम्भू घटनामा पक्राउ परेका पहरीले विभिन्न चामत्कारिक कथा, किताब र तस्बिर देखाई आठ जनालाई मानव बलिका लागि तयार पारेको प्रहरी अनुसन्धानले देखाएको छ  ।
बलिका लागि १८ दिनसम्म बन्धक बनाइएकी युवतीभन्दा पहिले समूहले अन्य तीन युवती ल्याएर पहरीलाई देखाएको खुलेको छ  । पहरीले तीनै जना नहुने बताएपछि सबै एकपछि अर्को गर्दै फर्केका थिए  । पहरीले १६ वर्षे युवती चाहिने अडान लिएपछि आरोपी आठमध्ये एकले आफ्नै बहिनीलाई बलि दिन पूजामा जाने भन्दै ल्याएका थिए  । 
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का प्रमुख डिआइजी नवराज सिलवालले उनीहरू आफूलाई तान्त्रिक भन्ने ठगको विश्वासमा परेर बलिजस्तो जघन्य अपराधका लागि सहमत भएको बयानमा खुलेको बताए  । मानव खप्पर जगाएर आफूसँग राखे धनप्राप्ति हुने, सोचेको पुग्ने भ्रममा पर्दा सबैले कारागार पुग्नुपरेको उनको भनाइ छ  ।
‘पहरीले मनग्य धनप्राप्ति हुने भन्दै केही व्यक्तिका कथा सुनाए, केही किताब र तस्बिर देखाए, त्यसैले भ्रममा पार्दै एकपछि अर्को घटनामा सहभागी बनाउँदै लगे,’ डिआइजी सिलवालले भने, ‘यो घटनाले काठमाडौंको समाजलाई नराम्ररी झस्काएको छ  ।’
पहरीको टोलीले मानव बलि दिने तयारी गरेको यही घटना पहिलो हुन नसक्ने ब्युरोको आशंका छ  । मुख्य अभियुक्त पहरीसहितको बयानका आधारमा थप व्यक्ति र स्थानको अनुसन्धानमा जुटेको प्रहरी स्वयम्भू घटना र जिल्लाका अन्य घटनाबीच तालमेल हुन सक्ने सम्भावनातर्फ केन्द्रित छ  ।
पक्राउ परेका आठमध्ये मुख्य तीन आरोपी पहरी, ओमकार शाह र भोजबहादुर थापाको बयानका आधारमा ब्युरो टोलीले बाँकी घटना पछ्याइरहेको हो  । ‘पक्राउ परेका ओमकार पहिलेदेखि तान्त्रिक विद्याका भक्त भएको, पहरी लामो समयदेखि काठमाडौंमा बस्दै आएकाले अन्यत्र पनि यस्ता घटना गराएका हुन सक्छन्, हामी खोज्दै छौं,’ ब्युरोका एक अधिकारीले भने  ।
बलिका लागि १८ दिनसम्म बन्धक बनाइएकी युवतीभन्दा पहिले समूहले अन्य तीन युवती ल्याएर पहरीलाई देखाएको खुलेको छ  । पहरीले तीनै जना नहुने बताएपछि सबै एकपछि अर्को गर्दै फर्केका थिए  । पहरीले १६ वर्षे युवती चाहिने अडान लिएपछि आरोपी आठमध्ये एकले आफ्नै बहिनीलाई बलि दिन पूजामा जाने भन्दै ल्याएका थिए  ।
‘तीन जनालाई ल्याएको बताएका थिए, को हुन् भन्दा नामठेगाना खुलाउन सकेनन्, सुरुमा ५१ दिनसम्म पूजा गर्ने भनिए पनि खर्च धान्न नसक्ने भएपछि ७ दिनमा सिध्याउने सहमति रहेछ,’ ब्युरोका प्रहरी निरीक्षक रुगम कुँवरले भने  । उनका अनुसार पहरीले अप्ठ्यारोमा परेका र टुनामुनाजस्ता अन्धविश्वास राख्ने व्यक्तिलाई आफ्नो वशमा पार्दै आएका थिए  । जनप्रहार साप्ताहिकमा खबर छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी