
काठमाडाैं – विप्लव नेतृत्वको नेकपा माओवादीले विभिन्न आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । भदौ ११ गतेदेखि १४ गतेसम्म धादिङमा सम्पन्न पार्टी केन्द्रीय समितिको बैठकको निर्णय अनुसार आगामी अशोज २८ गते नेपाल बन्दको कार्यक्रम आयोजना गरिएको छ ।
राजधानीमा सोमबार पत्रकार सम्मेलन गरी विभिन्न आन्दोलन सहित पार्टी महाधिबेशनको समेत कार्यतालिका सार्वजनिक गरिएको छ । आगामी फागुन एक गते पार्टीको महाधिबेशन हुने भएको छ । राजधानीको खुल्लामञ्चमा जनसभा गरी रोल्पाको थवाङमा बन्द सत्र गरिने विज्ञप्तिमा उल्लेख छ ।
एनसेल देखि नेतासम्म टार्गेट
पत्रकार सम्मेलनमा जनाइए अनुसार नेकपा माओवादीले दूरसंचार कम्पनि एनसेल, भ्रष्टाचारी नेता र राष्ट्रघाति जलविद्युत सम्झौता विरुद्ध संघर्ष गर्ने भएको छ । ‘पार्टीले सञ्चालन गर्दै आएको भ्रष्टाचार (एनसेल, प्रशासन, नेता), राष्ट्रघाति सम्झौताहरु (अपर कर्णाली,अरुण तेस्रो,कोशी उच्च बाँध, उपल्लो मस्र्याङ्दी), कालोबजारी, सुकुम्बासी माथिको राज्यको दमन, कपिल्बस्तु लगायत जिल्लाहरुमा लगाएका झुट्टा मुद्दा र दमन विरोधी संघर्षलाई निरन्तर संचालन गर्ने निर्णय लिइएको छ,’ जारी विज्ञप्तिमा भनिएको छ, ‘राज्यबाट नागरिकले न्युनतम जीवन निर्वाहको लागि आधारभूत रुपले आवश्यक खाद्य वस्तु सुलभ मुल्यमा प्राप्त गर्नु मौलिक अधिकार हो ।’
खाद्य बस्तुमा ५० प्रतिशत मुल्य घटाउन माग
उपभोग्य बस्तुहरुको मुल्य ब्यापक रुपमा महँगिएको भन्दै ५० प्रतिशत मुल्य घटाउन माग गरिएको छ । चामल, दाल, तेल, चिनि र पिठोमा देशव्यापी रुपमा फरक फरक मुल्य रहेको भन्दै ५० प्रतिशत मुल्य घटाउन माग गरिएको छ । त्यस्तै तरकारी, फलफूल,दुध, मासु र मसलामा ५० प्रतिशत मुल्य घटाउन उनीहरुले माग गरेका छन् ।
त्यस्तै गरी पेट्रोलियम पदार्थको मुल्य घटाउन पनि उनीहरुको माग छ । सर्वसाधारणको लागि नयाँ मुल्य सुची कायम गर्न भन्दै उनीहरुले आफ्नो माग अनुसारको मुल्यसुची पनि सार्वजनिक गरेका छन् । माग अनुसार, पेट्रोल ४८ रुपैयाँ ५३ पैसा,डिजेल ४८ रुपैयाँ २ पैसा, मट्टितेल ४६ रुपैयाँ ५२ पैसा, एलपी ग्याँस ९४७ रुपैयाँ २ पैसा र खाली सिलिन्डरको मुल्य जम्मा १२ सय रुपैयाँ हुनुपर्ने माग राखेका छन् ।
आयल निगमले हाल पेट्रोल प्रतिलिटर ९७, डिजेल र मट्टितेल ७३, एलपी ग्याँस १३२५ रुपैयाँ र खाली सिलिन्डरको २५ सय रुपैयाँ मुल्य कायम गरेको छ । दशैं अगावै यी माग पुरा नगरे कडा संघर्ष गर्ने प्रवक्ता खड्क बहादुर विश्वकर्मा प्रकाण्डले पत्रकार सम्मेलनको क्रममा बताए ।
- दियो पोष्ट
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्