
काठमाडौं – नयाँ शक्तिश नेपालका संयोजक डा. बाबुराम भट्टराईले मुलुकको आर्थिक विकास र समृद्धिमा युवाहरुको भूमिका मुख्य हुने बताएका छन् । विहिबार पार्टी केन्द्रीय कार्यालयमा सर्वसाधारणसँग भेटको अवसरमा यस्तो बताएका हुन् । उनले नयाँ शक्तिले विकासमुखी राजनीति गर्न जनदबाब मार्फत चेतना अभिवृद्धि गर्ने बताउँदै त्यसका लागि युवा विद्यार्थीहरुको सक्रिय भूमिका रहनुपर्नेमा जोड दिए ।
नयाँ शक्तिले लिएको विकास र समृद्धको मुद्दालाई युवा पुस्ताले मात्रै ठीक ढंगबाट ग्रहण गर्नसक्ने बताउँदै उनले भने, ‘नयाँ शक्ति भनेको युवा, विद्यार्थीहरुकै बढी सरोकारको विषय हो । त्यसकारण हामी नियमित रुपमा युवाविद्यार्थीसँग अन्तरक्रियामा रहनेछौं ।’ बढ्दै गएको युवा पलायनतालाई रोकेर मात्र मुलुकको विकास संभव भएको उनको धारणा थियो ।
‘राज्यले सबैलाई आफैंले रोजगारी दिन सक्दैन तर रोजगारी र स्वरोजगारका लागि उपयुक्त नीति बनाउनु राज्यको दायित्व हो,’ आफ्नो सरकारको पालमा घोषणा गरिएको लोकप्रीय स्वरोजगार कार्यक्रम स्मरण गर्दै भट्टराईले भने । राज्यले उद्यमशीलताको वातावरण बनाई पूर्वाधार तयार गर्नुपर्ने र वित्तीय पहुँचको व्यवस्थाका लागि नीतिगत व्यवस्था गर्नुपर्नेमाउनको जोड थियो ।
‘वित्तीय पहुँचको उपयुक्त नीतिले बैंकमा थुप्रिएर बसेको खर्बौं रुपैंयाको परिचालन हुनसक्छ’ उनले भने, ‘त्यो पूँजीको प्रयोगबाटै मुलुकमा उद्यमशीलताको विकास हुन्छ र त्यसले समृद्धिको आधार तयार गर्छ ।’ अहिलेसम्म मुलुकमा राजनीतिक अधिकारका लागि संघर्षहरु गरिएकोमा अबको संघर्ष आर्थिक समृद्धि र प्रगतिका लागि हुनुपर्ने उनको धारणा थियो । ‘नेपालमा लोकतान्त्रिक र समन्यायिक अधिकारका लागि यति धेरै संघर्ष भए’ उनले भने, ‘अब हामी विकास र समृद्धिको दिशामा नगएसम्म त्यो राजनीतिक अधिकार पूरा हुँदैन, त्यसैले अबको राजनीतिक एजेण्डा विकासमुखी नै हुनुपर्छ ।’
पछिल्लो समयमा राजनीतिक दलहरुले जनताका मुद्दा छाडेर बरालिन पुगेको संकेत गर्दै उनले नयाँ शक्तिले जनताका सरोकारका सवाललाई प्रमुखताका साथ उठान गर्ने र नयाँ शक्ति नीतिगत रुपमा जनताको प्रत्यक्ष र सहभागितामूलक लोकतन्त्रको पक्षमा रहेको बताए ।
- दियो पोष्ट
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्