×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

खेलकुदमा छायाँ मन्त्रीको उपद्रो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

खेलकुदमा छायाँ मन्त्रीको उपद्रो

Artha Sarokar

२७ भाद्र २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – माओवादी कोटाबाट दलजित श्रीपाली खेलकुद मन्त्री बनेका छन् । उनी खेलकुद मन्त्री भए पनि उनको काममा भने अरुले नै बढी चासो र हस्तक्षेप गर्ने गरेको चर्चा सिंहदरबारतिर चल्ने गरेको छ । खेलकुद मन्त्रालय छिर्ने जोकोही मन्त्रीको भन्दा पनि अरुको नै बढी चुरीफुरी देखेपछि मन्त्री को हुन् भनेर अन्योलमा पर्न थालेका छन् । मन्त्रालयमा हिजोआज मन्त्रीभन्दा अरु हाबी हुन थालेपछि भन्न थालिएको छ – खेलकुद मन्त्रालयमा शरीरले पुच्छर होइन, पुच्छरले शरीर हल्लाउन थाल्यो ।’
श्रीपालीले आफ्नो काममा उनका स्वकीय सचिवलाई अगाडि सार्दा खेलकुदमा यस्तो अवस्था सिर्जना हुन पुगेको हो । खेलकुद मन्त्री श्रीपालीको प्रमुख स्वकीय सचिवको जिम्मेवारी राजेन्द्र विकले सम्हालिरहेका छन् । विक तीनमध्येका एक व्यक्ति हुन्, जसले माओवादीबाट केही वर्षअघि समाचार दैनिक नामक पत्रिका निकाल्ने भन्दै पार्टी अध्यक्ष प्रचण्डसँग तीन करोड रुपैयाँ लगेर डुबाइदिएका थिए । उनीमाथि त्यतिबेला काम गर्ने भन्दा पनि सम्पादक पल्टिएर गफमात्रै चुटेर बस्ने गरेको आरोप लागेको थियो । माओवादी पार्टीबाट तीन करोड रुपैयाँ लगेर डुबाइदिएपछि उनी काठमाडौंबाटै पलायन भएका थिए । गाउँमा कुखरा पालन व्यवसाय गरेर बसेका विक आफ्नै नशलका श्रीपाली मन्त्री बनेसँगै सुकिलो कोट लगाएर काठमाडौं छिरेका थिए । यिनै विकले पछिल्लो समय खेलकुदमा छाया मन्त्रीको भूमिका निर्वाह गर्न थालेपछि मन्त्रालयमा यिनले फेरि श्रीपाइली डुबाउने भए भन्दै चर्चा हुन थालेको छ ।
खेलकुद मन्त्रालय स्रोतका अनुसार, गाउँमा कुखुरा पालेर बसेका उनले हिजोआज ‘मन्त्री दलजीतले धेरै नपढेको र धेरै कुरा थाहा नपाएको’ भन्दै मन्त्रीले गर्ने काममा खुलेआम हस्तक्षेप गर्ने गरेका छन् । रोचक के छ भने उनले आफू निकटका माओवादी कार्यकर्ताहरुसँग ‘मन्त्रीले केही नजानेकाले आफूले नै छायाँ मन्त्रीका रुपमा मन्त्रालय चलाउनु परेको’ गफ दिने गरेका छन् । उनले खेलाडीहरुलाई समेत बोलाएर आफू मन्त्री बराबर भएको गफ चुट्ने गरेका छन् । प्राप्त समाचारअनुसार, खेलाडीहरुलाई खेलकुदका विभिन्न निकायहरुरमा नियुक्ति गर्ने भन्दै बार्गेनिङ समेत थालेका छन् । विकमाथि खेलकुदको सरुवा÷बढुवामा समेत अनावश्यक चासो देखाएको आरोप लागेको छ । आजको साँघु साप्ताहिकमा खबर छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी