
काठमाण्डौ – नेपालीहरुको महान चाड दशैं आउन अव एकमहिना जस्तो मात्र बाँकी छ । तपाइंले दशैंका लागि बजेट पनि बनाउनु भएको होला । तर विचार गर्नुहोस् यसपालीको दशैंतिहार बढी नै महँगो हुँदैछ । अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै व्यवसायीहरुले यसपालीको दशैं महँगो हुने कारण देखाएका छन् ।
मुख्य कारण बन्द रहेको तातोपानी नाकालाइ लिइएको छ।
- व्यवसायी भन्छन्द : शैँअघि तातोपानी नाका नखुल्ने लगभग निश्चित छ । त्यसैले केरुङ हुँदै चीनबाट भित्र्याइने सामानको बजारमूल्य बढ्न सक्छ ।
गत वर्षको भूकम्पका कारण तातोपानी नाका बन्द भएको थियो । नेपालका तर्फबाट तातोपानी नाकालाई पुनः सञ्चालन गर्न पटक – पटक पहल भएपनि चिनिया पक्षले चासो देखाउँदा नेपालको प्रयास असफल भएको छ । त्यसैले यसपालीको बजारमूल्य झन्डै १० % ले बढ्न सक्ने बताइएको छ ।
यता तातोपानी नाका नखुलेपनि वैकल्पिक नाकाको रुपमा रहेको केरुङ नाकाबाटै दशैँका लागि चीनबाट सामान आउने र त्यसले बजार मूल्यमा फरक नपर्ने आपूर्तिमन्त्री दिपक बोहराले बताए । उनी भन्छन्, “तातोपानीमा अझै अप्ठ्यारो स्थिति नै छ तर त्यो खुलेपनि नखुलेपनि महंगी बढ्ला कि भन्ने जुन शंका छ, त्यो हुन पाउँदैन र हुँदैन।”
- बीबीसीको समाचारको अर्थ सरोकारले तयार गरेको भावानुवाद
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्