×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बिजया दशमी कै दिन विप्लब माओबादीले चक्का जाम गर्ने

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

बिजया दशमी कै दिन विप्लब माओबादीले चक्का जाम गर्ने

२० भाद्र २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


काठमाडौँ – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा (माओवादी) ले संघर्षका बिभिन्न कार्यक्रम तय गरेको छ । पार्टीले जनजिविकाका मुद्दा अघि सारेर संघर्षका कार्यक्रम तय गरेको हो ।  काठमाडौँमा आज आयोजित पत्रकार सम्मेलनमा यही भदौ ११ गतेदेखि १४ गतेसम्म बसेको पार्टीको केन्द्रीय समितिको पूर्णबैठकले  संघर्षका बिभिन्न कार्यक्रम पनि तय गरेको प्रबक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)ले जानकारी दिए । 
बैठकले आफ्ना मागसहितको ज्ञापनपत्र सरकारलाई भदौ २२ गते बुझाउने पनि बताएको छ । माग पुरा गराउन पार्टीले भदौ २० देखि २५ गतेसम्म पहिलो चरणको संघर्षका कार्यक्रम गर्ने भएको छ । जस अनुसार भदौ २८ गते देशव्यापी मशाल जुलुस र असोज ५ गते आपूर्ति मन्त्रालय घेराउ गर्ने कार्यक्रम पार्टीले तय गरेको छ  । त्यस्तै असोज २५ गते बिजय दशमीको दिन देशव्यापी एक घण्टा (विहान ९ देखि १० बजेसम्म) चक्काजाम गर्ने र  कात्तिक २८ गते नेपाल बन्द गर्ने विप्लव माओवादीले जनाएको छ ।   
पार्टीले दाल, चामल, तेल, चिनी, पिठो, दूध, तरकारी, फलफुल, मासु र मसलाको मूल्य ५० प्रतिशत घटाउन माग गरेको हो। पार्टीले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी पेट्रोलको मूल्य प्रतिलिटर ४८ रुपैयाँ, डिजेलमा २५ र खाना पकाउने ग्यासमा ३ सय ७८ रुपैयाँ घटाउन माग गरेको छ।  नेकपा माओवादीले आफ्नो आठौं महाधिवेशन आगामी  फागुन १ गतेदेखि ७ गतेसम्म गर्ने निर्णय पनि गरेको छ । 
महाधिवेशनको उद्घाटन सत्र काठमाडांैंको खुलामञ्च र बन्दसत्र रोल्पाको थवाङमा गर्ने निर्णय गरेको प्रवक्ता विश्वकर्माले जानकारी दिए। थवाङ माओवादी जनयुद्धको उदगम थलो हो । विप्लव माओवादीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)ले महाधिवेशनको तयारीस्वरुप मंसिर महिनासम्म गाउँ, नगरको सम्मेलन र पुसमा जिल्लाको सम्मेलन सक्ने बताएका छन्  ।

  • बिज़पाटि
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: