×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

खुमबहादुर ,पूर्णबहादुर र गोपालमान श्रेष्ठ देउवा क्याम्प छोड्ने तयारीमा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

खुमबहादुर ,पूर्णबहादुर र गोपालमान श्रेष्ठ देउवा क्याम्प छोड्ने तयारीमा

Artha Sarokar

२० भाद्र २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


काठमाडौँ – तेह्रौ महाधिवेशनमा देउवालाई कांग्रेसको सत्तामा पुर्याउन मरिमेटेर लागेका कांग्रेसका प्रभावशाली नेताहरु यतिखेर देउवाबाट रुष्ट हुन पुगेकाछन् । देउवाको अव्यवहारिक क्रियाशीलताको कारण उनीहरु देउवालाई छोड्ने मोडमा आइपुगेको काग्रेस स्रोतको दावी छ ।

देउवाले पेलेरै जाने र कुनै प्रभावकारी भूमिका नदिएका कारण उनीहरु सभापतिसँग रुष्ट हुन पुगेका हुन । यसरी देउवासँग रुष्ट हुनेहरुमा खुमबहादुर खड्का, पूर्णबहादुर खड्का, गोपालमान श्रेष्ठ जस्ता पुराना हस्तीहरु रहेका छन ।

उनीहरु देउवालाई साथ दिइरहन नसक्ने निष्कर्षमा पुगेका छन् । उपसभापतिको आशा देखाएर आफ्नो शक्तिले सभापति जिते पनि उपसभापति बनाउन देउवा तयार नभएपछि खुमबहादुर यतिखेर देउवासँग छुुट्टिने गरी आफू निकटका नेतासँग छलफल गरिरहेका छन् ।

उता,खरा तर इमान्दार नेताको परिचन बनाएका पूर्णबहादुर खड्का पनि यतिखेर सभपाति देउवासँग सन्तुष्ट छैनन् । यसअगाडि सहमहामन्त्री भइसकेका उनी महामन्त्रीका आकाक्षी हुन तर देउवाको रोजाइमा ज्ञानेन्द्रबहादुर कार्की परेसँगै खड्का समेत देउवासँग असन्तृष्ठ हुन पुगेकाछन ।

उता,देउवा जेलमा रहेकै बेला पार्टी चलाएका पुराना नेता पनि नजिकका सहयोगी गोपालमान श्रेष्ठलाई पनि यतिखेर कुनै पनि शक्तिमा पुर्याउन देउवा तयार छैनन् । न मन्त्री बनाए न पदाधिकारी बनाउने आश्वासन दिएका छन् । यसैले श्रेष्ठ असन्तुष्ट मात्रै छैनन् छटपटिएका छन् । ‘म सबै हिसाबले पार्टीमा बरिष्ठ हो तर, सभापतिजीले बुझ्नुपर्ने भए पनि बुझिरहेको देखिंदैन’ श्रेष्ठले भन्ने गरेकाछन ।
  • एस काठमाडौँ 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी