
काठमाडौँ – ‘तपाईंले यस्तै गरिरहे हामी सहँदैनौं । जिम्मेवार भएर काम गर्नुस’बूढानिलकण्ठ स्थित पार्टी सभापति शेरबहादुर देउवाको निवास घेर्न पुगेका नेता पौडेल पक्षधर नेताहरु यसरी धम्काए । ‘तपाईंले पहिले सधैं विधि र विधानको कुरा उठाउनुभयो तर, आफू पदमा पुगेपछि पार्टीको गतिविधि र भूमिका कमजोर भएको बारेमा ध्यान दिनुभएन ।’
यसरी देउवालाई ध्यानाकर्षण गराउँदै त्यहाँ पुग्ने नेतामा बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशाक कोइराला, कोषाध्यक्ष तथा शान्तीमन्त्री समेत रहेकी सीतादेवी यादव, डा. रामशरण महत, प्रकाशमान सिंह, डा. मिनेन्द्र रिजाल, नविन्द्रराज जोशी, दिलेन्द्रप्रसाद बडुसहितका नेता थिए । संविधान संसोधन, संविधानको कार्यान्वयन, स्थानीय चुनाव, स्थानीय तहको विषय जस्ता सवालमा देउवाले दलीय छलफलका लागि अग्रसरता नै नलिएको आरोप पौडेल पक्षले ठाडै लगाएको थियो ।
जवाफमा देउवाले आफू सबैलाई मिलाएर लाने मनस्थितिमा रहेको जानकारी गराउँदै अब संवाद थाल्ने बताएका थिए । ‘सभापतिको सक्रियता नदेखिएको भन्दै उहाँहरुले ध्यानाकर्षण गराउनुभएको मात्र होइन यो दबाब नै हो’ देउवा निकट स्रोत भन्छ, ‘सभापतिको क्रियाशीलता पनि धिमा देखिएको बेला उनीहरु यसरी नै दबाब बढाउने दाउमा छन् ।’
पौडेल पक्षधर नेताहरु गत सोेमबार बेलुका नेता पौडेलकै बोहोराटारको घरमा बसेको बैठकले अब निरन्तर देउवालाई दबाब दिने निर्णय गरेको थियो ।
- एस काठमाडौँ
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्