
काठमाडौं – नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल महिला संघको आजबाट सुरु महाधिवेशनमार्फत चुनिने अध्यक्षका लागि दुई नेतृबीच प्रतिस्पर्धा हुने पक्का भएको छ ।
संस्थापन पक्षबाट उमा अधिकारी (रेग्मी) र नेता रामचन्द्र पौडेल पक्षबाट मीना पाण्डे महिला संघको नेतृत्व आफ्नो पोल्टामा पार्नका लागि चुनावी प्रतिस्पर्धामा होमिने पक्का भएको छ । यी दुई नेतृबीच महिला संघको अध्यक्षका लागि प्रतिस्पर्धा हुन लागेको यो दोस्रोपटक हो । यसअघि महिला संघको २०५८ सालमा सम्पन्न पहिलो अधिवेशनमा भएको प्रतिस्पर्धामा अधिकारीले पाण्डेलाई पराजित गरेकी थिइन् ।
पौडेल पक्षले सर्लाहीनिवासी कांग्रेसकी पूर्वकेन्द्रीय सदस्य पाण्डेलाई अध्यक्षको उम्मेदवार बनाएपछि कांग्रेस सभापति शेरबहादुर देउवा भने ‘नखाऊँ भने दिनभरिको सिकार, खाऊँ भने कान्छा बाबुको अनुहार’ भन्ने अवस्थामा पुगेका छन् । पाण्डे देउवाका राजनीतिक सहयात्री शिवबहादुर खड्काकी दिदी हुन् । त्यसमाथि तिनै पाण्डेसँग देउवाले हिन्दु धर्मावलम्बीको महान् चाड तिहारमा भाइटीका लगाउँदै आएका छन् । ‘नेतृ पाण्डेसँग सभापतिले तिहारमा भाइटीका लगाउँदै आउनुभएको छ,’ बूढानीलकण्ठ स्रोतले भन्यो, ‘महिला संघमा उहाँकै विरुद्धमा उम्मेदवार बनाउनुपर्ने भएपछि निकै तनावमा देखिनुभएको थियो ।’
यता, पौडेल पक्षले पनि देउवालाई अप्ठ्यारोमा पार्नैका लागि पाण्डेलाई उम्मेदवार बनाउने निर्णय गरेको स्रोतहरुले उल्लेख गरेका छन् । महाधिवेशन प्रतिनिधिको संख्या हेर्दा संस्थापन पक्षका धेरै भएपछि सभापतिलाई अप्ठ्यारो पारी नेतृत्व हत्याउन सजिलो हुने भन्दै पाण्डेलाई रोजिएको पौडेलनिकट स्रोत बताउँछ । कांग्रेस फुटेका बेला नेपाली उसको भ्रातृसंस्था महिला संघको सभापति बनेकी पाण्डे अहिले पौडेल पक्षमा छन् । कांग्रेसको १३औं महाधिवेशनमा महिला कोटाको केन्द्रीय सदस्य प्यानलमा नपारेको गुन तिर्न पौडेलले उनलाई महिला संघको अध्यक्षको उम्मेदवार बनाएको महिला संघका प्रतिनिधिबीच चर्चा–परिचर्चा चलिरहेको छ ।
बूढानीलकण्ठ स्रोतले संस्थापनले उम्मेदवारको टुंगो नलगाउँदै पौडेल पक्षले नेतृ पाण्डेलाई उम्मेदवार बनाएपछि देउवाले मध्यमखालको उम्मेदवार छानेको बतायो । संस्थापनबाट अध्यक्षको दाबेदार रहेका कांग्रेस केन्द्रीय सदस्य ईश्वरी न्यौपाने, डिना उपाध्याय, सीता गुरूङ महिला नेतृ मञ्जु खाणलाई पन्छाएर उमा अधिकारी (रेग्मी) लाई छानिएको हो । केन्द्रीय सदस्य न्यौपाने व्यवस्थापिका संसद्मा कांग्रेस सचेतक र नेतृ खाण कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका रक्षामन्त्री बालकृष्ण खाणकी धर्मपत्नी हुन् ।
मध्यमखालको उम्मेदवार छानेपछि अध्यक्ष दाबेदार नेतृहरु भने सभापति देउवासँग रूष्ट बनेको स्रोत बताउँछ । स्रोतका अनुसार रेग्मीलाई उम्मेदवार बनाएपछि सबैभन्दा बढी रूष्ट नेता बालकृष्ण खाण बनेका छन् । महिला संघको अधिवेशन सम्पन्न गर्न पार्टीले बनाएको निर्देशन समिति संयोजक कांग्रेस केन्द्रीय सदस्य एनपी साउद पनि सभापतिको निर्णयमा सन्तुष्ट नदेखिएको एक नेताले बताए । उनले महिला संघका नेतृहरुसँग सभापतिका कारण जानी–जानी महिला संघको नेतृत्व हाम्रो हातबाट फुत्कने भयो भन्दै गुनासो गर्न सुरु गरिसकेका छन् ।
त्यतिमात्र होइन, महिला संघमा पनि संख्यात्मक रुपमा ज्यादै न्यून महाधिवेशन प्रतिनिधि रहेको नेता कृष्ण सिटौला पक्षलाई महामन्त्रीको उम्मेदवार दिने सहमतिमा पनि महिना नेतृहरु असन्तुष्ट बनेको स्रोत बताउँछ । सिटौलाको गुटलाई संस्थागत गर्न सभापतिले नै भूमिका खेलिरहेको उनीहरुको आरोप छ ।
- रातोपाटी
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्