
काठमाडौँ – चीनले राष्ट्रपति सी जिनपिङको अक्टोबरमा प्रस्तावित नेपाल भ्रमण हुन नसक्नेबारे उच्च नेतृत्वलाई पहिल्यै अवगत गराइसकेको खुलेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालको विशेषदूतका रूपमा चीन गएका अर्थमन्त्री कृष्णबहादुर महरालाई चिनियाँ राष्ट्रपतिको भ्रमण तत्काल हुन नसक्ने जनाउ चिनियाँ विदेशमन्त्री वाङ् यीले त्यतिबेलै दिएको माओवादी केन्द्र उच्च स्रोतले अन्नपूर्णलाई बतायो । मन्त्री महराले नेपाल फर्केर भने विमानस्थलमा चिनियाँ राष्ट्रपतिको भ्रमण सुनिश्चित भएको दाबी गरेका थिए ।
‘चिनियाँ राजदूतले औपचारिक रूपमा सरकारी उच्च नेतृत्वलाई भ्रमण स्थगित भएको बारेमा बताएका छैनन् । तर प्रधानमन्त्री र हामीलाई अनौपचारिक भेटमा राष्ट्रपतिको भ्रमण नहुने उनले बताइसकेका छन्’, स्रोतले भन्यो ।
चिनियाँ उच्च नेतृत्वले महराको भ्रमणप्रति घुमाउरो रूपमा असन्तुष्टिसमेत जनाएको छ । महराले चीन भ्रमणका क्रममा चीनले अघि सारेको ‘वान बेल्ट वान रोड’ अवधारणामा नेपालको स्पष्ट प्रतिबद्धता जनाउन सकेका थिएनन् जुन चीन चाहन्थ्यो ।
बेइजिङस्थित कूटनीतिक स्रोतहरूका अनुसार पनि चिनियाँ राष्ट्रपति सी सन् २०१६ (२०७३ पुस मध्य) भित्र नेपाल भ्रमणमा आउने सम्भावना टरेको छ । बेइजिङले राष्ट्रपति सीको सम्भावित नेपाल भ्रमण निश्चित गर्नेरनगर्ने विषयमा सूक्ष्म रूपमा अध्ययन गरिरहेको थियो ।
असोज २९ र ३० (अक्टोबर १५ र १६) मा भारतको गोवामा हुने ब्रिक्स सदस्य देशहरूको शिखर सम्मेलनमा जानु एक या दुई दिनअघि वा उक्त शिखर सम्मेलन सकेर फर्किने क्रममा राष्ट्रपति सी नेपाल आउने सम्भावना थियो ।
यसैबीच, चिनियाँ राजदूत ऊ चुन्ताईले परराष्ट्रसचिव शंकरदास बैरागीसँग बुधबार भेटी भ्रमण स्थगित भएकोबारे प्रकाशित समाचारबारे जिज्ञासा राखेको स्रोतले जनाएको छ ।
त्यसलगत्तै परराष्ट्रले विज्ञप्ति जारी गरी भनेको छ, ‘आज स्वदेशी तथा विदेशी विभिन्न सञ्चार माध्यममा परराष्ट्रसचिव तथा नेपाल सरकारका उच्च अधिकारीलाई छिमेकी मित्रराष्ट्र चीनबाट उच्चस्तरीय भ्रमण स्थगित भएको जानकारी चिनियाँ राजदूतले दिनुभएको भनी प्रकाशित समाचार सत्य नभएको व्यहोरा स्पष्ट पारिएको छ ।’ परराष्ट्रले भ्रमण सम्बन्धमा नेपाल सरकारले आवश्यक तयारी नगरेको भन्ने समाचारमा सत्यता नरहेको बताएको छ ।
- अन्नपूर्ण पोष्ट
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्