
काठमाडौँ – स्वास्थ उपचारका लागि थाइल्याण्ड पुगेका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आजै स्वदेश फर्किए । सदाझैं रसिलो मुडमा प्रस्तुत भएका ओली त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग केही समय चिढिए ।आफू विदेश उपचाररत रहेको समयमामा केही सञ्चारमाध्यमले अर्नगल अफवाह फैलाएको प्रति रोष पोख्दै उनले त्यसलाई ‘विट पत्रकारिता’संज्ञा दिए ।
उल्लेख्य पत्रकाहरुको उपस्थिती रहेको उक्त पत्रकार सम्मेलन चलिरहँदा ऋषि धमला झुल्किए पत्रकारहरुलाई ठेल्दै उनी सबैभन्दा अगाडि पुगे । र सदाबहार बानी प्रर्दशन गरी हाले । ‘केपी शर्माज्यू मेरो एउटा प्रश्न छ। तपाईँको सरकार संविधान संशोधन गर्न नसकेका कारण नै ढल्यो सबैलाई जगजायर छ । मधेसको मुद्दा सम्बोधन गर्न सक्नुभएन। मधेसी नेताहरुसँग सम्बन्ध राम्रो हुन सकेन। त्यसकारण भारतसँगको सम्बन्ध बिग्रियो। त्यसैले तपाईँ सत्ताच्युत हुनुभयो। सबैलाई भनिदिनुहोस् : मधेसवादीले भने जसरी संविधान संशोधन गर्न एमाले किन बाधक बनिरहेको छ ?’
सुरुदेखि पत्रकारप्रति आक्रोशित देखिएका ओलीलाई धमलाको प्रश्न लगतै रन्किए ।‘यो प्रश्नको भाषा नै अनुपयुक्त, उनुचित र हानिकारक छ ।’ हलमा हाँसो गुन्जियो । धमला सदाझै मुस्कुराइ रहे ।ओलीले अगाडि थपे ‘संशोधन गर्न नसकेको होइन। किन सकिँदैन? कोशिश त गर्यौं । पहिले गरेकौं हौं। चाहिएका बेला गर्यौं । गर्दै नगरेको विषयलाई सकेन भनेको के?’ मधेसका मुद्दालाई सम्बोधन गर्न सकेन भनेको के?’
अगाडि फुर्किएर अगाडि बस्न पुगेका धमलाको स्वर मलिन भयो ‘सीमाङ्कनको बारेमा अहिले पनि एमाले…..’
ओलीले चर्काे स्वरमा जवाफ फर्काए ‘सीमाङ्कन भनेका के नेपालको कि प्रदेशको?’
धमलाले जवाफ फर्काए ‘प्रदेशको ’
ओलीले उल्टै सोधे, ‘यो मधेसको सीमाङ्कन कसरी भयो ?अनावश्यक, अनुचित मोडबाट आएको र बेग्लै आग्रह साथ आएको प्रश्नको अर्थ छैन । ’धमलाको यस्तै प्रश्नका कारण केपी ओलीसँगको पत्रकार सम्मेलन छाँयामा पर्यो ।
- एस काठमाडौँ
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्