×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाली राजनीतिका कुख्यात अपराधी, जसले पूर्वडीआईजीकी पत्नीसँग ५० लाख फिरौति मागे

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

नेपाली राजनीतिका कुख्यात अपराधी, जसले पूर्वडीआईजीकी पत्नीसँग ५० लाख फिरौति मागे

२१ भाद्र २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


काठमाडौं – पत्नी हत्याको अभियोग प्रमाणित भएपछि सशस्त्र प्रहरीका पूर्व डीआईजी रञ्जन कोइराला सर्वश्वसहित जन्मकैद काटिरहेका छन् । कोइराला जेलमा हुँदा सवैभन्दा बढि मिल्ने साथी थिए ब्यापारी पवन संघाईको अपहरण काण्डका नाइके पूर्वमन्त्री श्यामसुन्दर गुप्ता । जेलमुक्त भएपछि गुप्ताले जेलमा सवैभन्दा बढि मिल्ने साथी रञ्जन कोइरालाकै कान्छी पत्नीलाई ५० लाखको ब्ल्याकमेलिङ गरेर फेरी प्रहरी भन्दामा परेका छन् । 

गुप्ता आफैले नेपाली राजनीतिको कुख्यात अपराधी नेताका प्रमाणित गरेका छन् । ब्यापारी पवन संघाईलाई अपहरण गरी करौडौ फिरौति रकम मागेको अभियोगमा गुप्ता ३ बर्ष जेल बसे । जेल सजाय काटेर फर्केका गुप्ता फेरी त्यही फिरौति धन्दामा लागे । जेलमा बनेका साथीकी पत्नीलाई ब्ल्याकमेलिङ गर्न थाले । पूर्व डिआईजी कोइराला जेठी पत्नी गीता ढकालको हत्या अभियोगमा जन्मकैदको सजाय भोगिरहेका छन् । कोइरालासँगै कान्छी पत्नी तारालाई पनि करिव एक बर्षको सजाय अदालतले तोकेको थियो । तर उनी फरार रहँदै आएकी थिइन । 

फरार अवस्थामै उनी कोइरालालाई भेट्न नख्खु जेल जाने गर्दथिन् । त्यही गुप्ताले तारालाई चिनेका थिए । जेलबाट छुटेपछि तारालाई उनले फरार सुचिबाट नाम हटाउन सेटिङ मिलाउनु पर्ने बताए । सुरुमा गीताले पनि उनको कुरा सुरुमा पत्यार गरिन । केही रकम खर्च गरे जेल बस्नु नपर्ने भएपछि उनी पनि कस्सिइन । तर पछि गुप्ताले केही गर्न नसक्ने थाहा पाएपछि उनी सम्पर्कमा आउन छाडिन । त्यसपछि गुप्ताले बारम्वार पक्राउ गराईदिने भन्दै धम्कि दिन थाले । करिव १ सय पटक टेलिफोन गरेको ललितपुर प्रहरीले जनाएको छ । अन्त गुप्ता र तारा दुवै पक्राउ परे । 

पूर्वमन्त्री गुप्ता राजनीतिमा सक्रिय हुँदा तराई क्षेत्रमा अपहरण धन्दा सञ्चालन गर्दै आएका थिए । उनले राजनीति भन्दा अहरण र फिरौतिलाई आफ्नो मुख्य धन्दा बनाउँदै आएका थिए । जेलबाट छुटेपनि उनले आफ्नो धन्दालाई छोडेनन् । 

  • एस काठमाडौँ 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: