×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कमाउ धन्दामा आपूर्तिमन्त्री बोहोरा

LAXMI SUNRISE BANK

कमाउ धन्दामा आपूर्तिमन्त्री बोहोरा

२४ भाद्र २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


काठमाडौं – बजार अनुगमनलाई नियमित गर्ने र कालोबजारी तथा कमिसनखोरलाई कानुनको दायरामा ल्याउने घोषणा गरेको दाहाल सरकारका एक मन्त्रीनै कमाउ धन्दामा लागेका छन् । उनि हुन्  आपूर्ति मन्त्री दीपक बोहोरा ।
बजार अनुगमनलाई तिव्र पार्नुको साटो उनले नाम मात्रैको अनुगमन गरिरहेका छन्  । उनले बजार अनुगमनको क्रममा फेला परेको अखाद्य वस्तु नष्ट गर्ने क्रममा खान योग्य वस्तु नस्ट गरे पछि सार्वजनिक रुपमा आलोचना समेत भएको छ ।
गत आइतबार व्यापारीबाट जफथ गरिएका तीन करोड भन्दा बढी मूल्यको खाद्य वस्तु अखाद्य भन्दै बोहोराले खाल्डो खनेर पुरेका थिए । काठमाडौँको सुन्दरीघाटमा सुकुम्बासी बस्ती नजिक पुरिएको अखाद्य भनिएका वस्तु खान योग्य रहेको पाइएको बताइएको छ ।
बजार अनुगमन यसो मिलाएर गर्नु भन्दै उनले व्यापारी तथा उद्योगीसँग बार्गेनिङ गर्ने गरेका छन् । उनले कमाउ धन्दा सुरु गरेपछि मन्त्रालयका अरु कर्मचारीलाई पनि के चाहियो र उनीहरु समेत धन्दामा लागिहाले । त्यति मात्रै होइन बजार अनुगमनका लागि पुग्ने उपभोक्तावादी संघ संस्थाका प्रतिनिधिले समेत व्यापारीसँग उठती धन्दा सुरु गरेका छन् ।
आफूलाई कानुन व्यावसायी समेत बताउने एक उपभोक्तावादी संस्थाका प्रतिनिधिले अनुगमनको क्रममा व्यापारीसँग रकम मागेको बताइन्छ । पैसा दिने भए देउ होइन भने कारवाही हुन्छ, भन्दै ती उपभोक्तावादी संस्थाका प्रतिनिधिले कालीमाटी कलंकी, तथा ठूला ठूला डिपार्टमेन्ट स्टोरका साहुजीहरुसँग रकमको बार्गेनिङ गरेको बताइन्छ ।
उक्त उपभोक्तावादी संस्थाले आफूलाई नियमित रुपमा बजार अनुगमनमा लैजान समेत माग गर्ने गरेको वाणिज्य विभागका एक अधिकारीले बताए । ती अधिकारीका अनुसार हामीले पालै पालो अधिकारकर्मीलाई अनुगमनमा बोलाउँछौ, तर त्यो संस्थाले भने हामीलाई नियमित बोलाउ भन्छन् कुरा के हो बुझ्न सकिएको छैन । तर व्यापारीसँग उनीहरुले पैसा मागेको भन्ने बारेमा भने आफूहरु पनि सुनेको ती अधिकारीको भनाइ छ । हामी सुक्ष्म अध्ययन गरिरहेको छौ , उपभोक्तावादीको नाममा पैसा मागेको पाइए उनीहरुलाई पनि कालोबजारियालाई सहयोग गरेको नाममा कारवाही गर्ने उनको भनाइ छ ।
  • एसियन समाचार 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी