
काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहालले सात प्रदेशमा एक÷एक मेडिकल कलेज स्थापना गरिने जानकारी दिएका छन् । व्यवस्थापिका–संसद्को आजको बैठकमा सार्वजनिक महत्वको विषयमा वक्तव्य दिँदै उनले यसका लागि आवश्यक प्रक्रिया अगाडि बढेको र स्थानीय तहमा १५ शय्या क्षमताको अस्पताल सञ्चालन पनि गरिने बताए ।
सरकारी अस्पतालबाट १० देखि २ बजेसम्म सञ्चालित बहिरङ्ग सेवालाई ५ बजेसम्म पु¥याइने, २० हजार थारुका डिएनए परीक्षण गरिने, ११ प्रकारका रोगका विरुद्ध दिँदै आएको खोपलाई प्रभावकारी बनाइने, मुटु, मिर्गौलालगायत आठ प्रकारका रोगविरुद्ध निःशुल्क उपचार गरिने, विद्यालयमा निःशुल्क आँखा उपचार परीक्षणको व्यवस्था गरिने, दश जोड दुईअन्तर्गत विज्ञान विषयलाई प्रभावकारी बनाइने, सामुदायिक विद्यालयबाट प्रवेशिका परीक्षामा ए प्लस ल्याउने छात्रलाई सामुदायिक विद्यालयमै उच्च शिक्षा अध्ययन गर्न छात्रवृत्तिको व्यवस्था गरिने प्रतिबद्धता प्रधानमन्त्रीले जनाए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्