
काठमाडौं – डाक्टर गोविन्द केसीका माग पूरा गराउन सरकारले प्रक्रिया थाल्ने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको बैठकले केसीसँग सहमति गरिएका मागहरु पूरा गर्न प्रक्रिया थाल्ने निर्णय गरेको स्वास्थ्यमन्त्री गगन थापाले जानकारी दिए।
प्रधानमन्त्री पुष्पकमल दाहालसहित शिक्षामन्त्री डिआर पौडेल, स्वास्थ्यमन्त्री गगन थापा, टियुका पूर्वउपकुलपति केदारभक्त माथेमा, पूर्वमन्त्री निलाम्बर आचार्य र पूर्व मुख्यसचिव लीलामणि पडौल सम्मिलित बैठकले मनमोहन विधेयक तत्काल फिर्ता गर्न पक्रिया अगाडि बढाउने निर्णय गरेको छ। साथै मनमोहनलाई वीर अस्पतालका लागि किनिदिन पनि प्रक्रिया अगाडि बढाइनेछ ।
त्यस्तै संसदमा दर्ता भएको चिकित्सा शिक्षा विधेयकमा डा. केसीले उठाएका माग सम्बोधन हुनेगरी संसोधन प्रक्रिया अगाडि बढाउने निर्णय पनि बैठकले गरेको छ। उक्त विधेयक कार्यसूचीमा राखेर संसोधन प्रक्रिया अगाडि बढाइने बताइएको छ।
त्यस्तै आइओएममा रिक्त डीन नियुक्ति प्रक्रिया अगाडि बढाउने निर्णय भएको छ। नयाँ ऐन नबनेसम्म नयाँ कलेजलाई सम्बन्धन नदिने पनि बैठकले निर्णय गरेको छ। त्यस्तै सातै प्रदेशमा एक महिनाभित्र मेडिकल कलेजका लागि शिलान्यास गर्ने निर्णय बैठकले गरेको छ।
आफूसँग सहमति गरिएका माग पूरा नगरे नवौं अनशन बस्ने चेतावनी डा. केसीले दिइसकेका छन्। माग पूरा नगरे असोज ३ गते अनशन बस्ने चेतावनी डा केसीले दिएका थिए।
- एसियन समाचार
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्