×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कहाँ छ अनुगमन समिति ? कोटेश्वरको फेमिली फाष्ट फुड घुन भएको चिउरा बेचिरहेछ !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

कहाँ छ अनुगमन समिति ? कोटेश्वरको फेमिली फाष्ट फुड घुन भएको चिउरा बेचिरहेछ !

१६ भाद्र २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता  

यतिबेला काठमाडौँका विभिन्न स्थानमा वाणिज्य विभाग अन्तर्गतको अनुगमन समितिले विभिन्न पसल तथा रेष्टुरेन्टहरुमा अनुगमन गरिरहेको छ । तर कोटेश्वरस्थित फेमिली रेष्टुरेन्टले घुन भएको चिउरा बेचेर जनस्वास्थ्यमाथि खेलबाड गरिरहँदा पनि सम्बन्धित निकाय भने कानमा तेल हालेर बसेको छ ।  

बिहिबार यस्तो भयो :
विहिबार करिव ४ बजे अर्थ सरोकारकर्मी फेमीली रेष्टुरेन्टमा पुगी २ प्लेट चिकेन छोइला सेट र २ वटा माउन्टेन डिउ अर्डर गरेका थिए । जसमध्ये छोइला सेटमा रहेको चिउरामा घुन भेटिएको थियो । त्यहाँ रहेका कर्मचारीलाई यस बारेमा जानकारी गराउँदा माफी माग्नुको सट्टा ‘अर्को ल्याईदिन्छु’ भन्ने गैरजिम्मेवार अभिव्यक्ति आएपछि अर्थसरोकार कर्मीद्वय त्यहाँबाट हिंडेका थिए । काउन्टरमा रहेका कर्मचारीलाई यस बिषयमा सोध्धा उनले पनि बस्नु अर्को ल्याईदिन्छौं भन्ने गैर जिम्मेवार अभिव्यक्ति दिए । 
‘तपाईं घुन भएको चिउरा खुवाउने ? हाम्रो स्वास्थ्यमाथि खेलबाड गर्ने?’ भन्ने प्रश्न सोध्दा उनले बस्न आग्रह गर्दै पुन: राम्रो खाजा खुवाउने बताइरहे । तपाईंकहाँ अनुगमन समितिले अनुगमन गर्दैन ?’ भन्ने हाम्रो प्रश्नमा उनले भने, ‘गर्छ’। त्यहाँका साहुजी को हुन् र साहुजीको नम्बर दिनुहोस् भन्ने हाम्रो आग्रहलाई नकार्दै उनले आफ्ना साहुजी हाल बाहिर गएको बताए । यसअघि पनि उक्त रेष्टुरेन्टमा मम खाँदा स्वास्थ्यमा समस्या आएको गुनासो आएको थियो ।   
यता यस बिषयमा वाणिज्य विभागमा सम्पर्क गर्दा अनुगमन भइरहेको र अनुगमनको क्रम जारी राखिने त्यहाँका कर्मचारीले बताए । अनुगमन समितिले विभिन्न स्थानमा छापा मारी पसल सिल गर्ने कार्य गरीरहेको छ । यसअघि भाटभटेनी, ट्रिनिटी कलेज लगायतका ठाउँहरुमा अनुगमन समितिले अनुगमन गरी पसल सिल गरी स्पष्टिकरण सहित हाजिर हुन उर्दी जारी गरेको थियो । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: