Skip to content
LAXMI SUNRISE BANK

गणेशमानको शालिकबाट पनि माफियालाई कमिसन

अर्थ सरोकार


काठमाडौं – हामी यहि सँस्कारमा उभिएका छौं र हुर्किएका छौं । जहाँ इमानहरु शालिक हुन्छन् र वेइमानहरु मालिक हुन्छन् ।  नेपालको प्रजातान्त्रिक आन्दोलनका एक अथक योद्धा गणेशमानले सायद कहिल्यै सोचेन होलान् यो देशमा मेरो शालिकबाट पनि माफियाहरुले कमिसन खान छोड्ने छैनन् ।
काठमाडौंको मुटु शान्तीबाटीकामा छ गणेशमान सिंहको शालिक । जुन सार्वजनिक जग्गा काठमाडौं महानगरपालिकाको हो । गणेशमानको शालिक वनाउन सरकारले स्थान उपलब्ध गराई शान्ती वाटीकामा शालिक राख्ने निर्णय गरेसंगै त्यहाँ गणेशमान सिंहको शालिक छ। त्यहि शान्ती वाटीकाको एउटा शौचालयबाट हुने आम्दानीको कमिसनमा पनि माफियाहरु लागि परेकै छन् ।
अहिले शहरमा राम्रा शौचालय झण्डै साना–तिना व्यापारिक ट्रेड जस्तै छन् । कुनै पनि निकायको नजर नपर्ने भएकाले माफियाहरुको आँखा भने सार्वजनिक शौचालयमा केन्द्रीत छ । शान्ती बाटिकाको शौचालय एकजना बासु उप्रेति नामका व्यक्तिले ठेक्कामा दिएको रहस्य खुल्न आएको छ । त्यहि शौचालय ठेक्काबाट मात्रै उनले दैनिक ५ हजार रुपैंया हात पार्ने गरेको त्यहाँ कार्यरत एक कर्मचारीले वताए ।
दैनिक ५ हजारका दरले त्यस शौचालयबाट उप्रेतिलाई कम्तीमा मासिक १ लाख २० हजार आम्दानी हुन्छ भने वार्षिक झण्डै साढे १४ लाख कमिसन आउने गरेको छ । प्राय काठमाडौं महानगरपालिकाको टेकु स्थित वातावरण विभागमा हाकिमहरुसंगको मिलेमतोमै दिनहरु खर्चने उप्रेतिको यस शौचालय कमिसनमा वातावरण व्यवस्था विभागका प्रमुख भैरव वोगटी, लामो समय देखि विभागको महत्वपूर्ण जिम्मेवारी सम्हालेका रविनमान श्रेष्ठ र गंगाधर गौतमको मौनता पनि रहस्यमय छ स्रोतले भन्यो ।
शौचालय कमिसनकै लागि विभागका कर्मचारी र उप्रेतिले सो क्षेत्र महानगरको नभई गणेशमान अध्ययन प्रतिष्ठानको भन्दै आएका छन् । उनिहरुको दावी अनुसार सो क्षेत्र गणेशमान अध्ययन प्रतिष्ठानकै मान्ने हो भने पनि शौचालयमा ठेक्का दिएर व्यापारिक लाभ उठाउने प्रतिष्ठानले व्यवशायिक कर तिर्ने कि नतिर्ने ? त्यो अर्को महत्वपूर्ण प्रश्न उठ्छ ।
अनि अध्ययन प्रतिष्ठानले होस वा अरु ठेक्का लिनेहरुले व्यवशाय सञ्चालन अनुमति लिने कि नलिने ? सम्वन्धित निकायमा राजश्व तिर्ने कि नतिर्ने ? त्यसभन्दा अर्को महत्वपूर्ण विषय यदि शान्तीबाटीका गणेशमान सिंह अध्ययन प्रतिष्ठानको स्वामित्वमा भए शान्तीवाटिका मुल गेटको चावी काठमाडौं महानगरपालिकाको रत्नपार्क शाखाका कर्मचारीको हातमा किन रहने ? हाल त्यहाँको ताला चावी कामनपा रत्नपार्क शाखाका कर्मचारीको हातमा रहँदै आएको छ ।
शान्तीवाटिकाको ढोका खोल्ने र वन्द गर्ने काम महानगरकै कर्मचारीहरुले गर्दै आएका छन् । शान्तीवाटिकाको रङ, रोगन र मर्मत सम्भार पनि महानगरको खर्चमा उसका कर्मचारीहरुले गर्दै आएका छन् । त्यसकारण जताबाट देखाएर भएपनि गणेशमानको शालिकको नामबाट पनि माफियाहरु कमिसन खान चुकेका छैनन् । यसमा सिंगो समाजको ध्यान जान जरुरी छ । शौचालयको मुनाफा भन्दा पनि शालिक देखाएर शौचालयबाट समेत कमिसन खान नछोड्ने माफियाहरुले देशको हविगत कहाँ पुर्याउलान त्यो डरलाग्दो पक्ष हो ।
  • एसियन समाचार
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK