
यूवाको प्रतिनिधि कहलिएका स्वास्थमन्त्री गगन थापा र काग्रेसकै कोटाबाट सिंचाइमन्त्री बनेका दीपक गिरीबीच हानथाप मच्चिएको छ । यि दुबै मन्त्रीबीच पुल्चोकमा गतिला ‘क्वाटर’ हडप्न हानथाप भएको हो ।
भएछ के भने, मन्त्री निवासको मर्मत सम्भारको जिम्मा पाएको भवन विभागले आफ्नो तालुुकदार मन्त्रालयका मन्त्री अर्जुननरसिंह केसीका लागि सुविधाजनक मानिएको ‘ए ३’ क्वाटर बुक गरिदिएका रहेछन्। कर्मचारीहरु आफूहरुले ‘बुक’ गरेको सो निवासको साँचो लिएर सपथको भोलिपल्ट मन्त्री केसीको निवास गंगबु पुगे ।तर, यसअगाडि स्वास्थमन्त्री रहँदा झै केसी गोङ्गबुस्थित घरमै बस्ने इच्छा जाहेर गरे । कर्मचारीहरुलाई उनले उक्त सुविधाजनक निवास आफ्ना ज्वाइँ दिन सिफारिस गरे । अन्जनाले घर साँघुरो भएको गुनासो गरेकी छिन् जसरी पनि त्यो निवास स्वास्थ्यमन्त्रीलाई दिलाउनू।’
सम्बन्धित मन्त्रीले यस्तो निर्देशन दिएपछि भवन विभागका कर्मचारीहरुले सोही अनुसार सोही दिन गगनलाई मन्त्री निवासको ‘ए ३’ को साँचो हस्तान्तरण गरे। तर सो क्वाटरमा गगनले बस्न पाएनन् । यसैबीचमा गगनलाई अजुर्ननरसिंहले क्वार्टर दिएको जानकारी सिँचाईमन्त्री दीपक गिरिको कानमा पर्यो। तत्कालै मन्त्री गिरी झण्डावाल गाडीमा पुल्चोकस्थित मन्त्री निवास पुगेर सो क्वाटरमा कब्जा जमाए।
स्रोतका अनुसार गिरीले गगनले क्वार्टर पाएको जानकारी पाएपछि सो क्वाटरको साँचो फोडेर अर्को साँचो लाएका थिए। गिरी सोही दिन सबै सामानसहित क्वाटरमा सरे। गिरीले क्वार्टर हडपेपछि गगन भने रातोपुलस्थित आफ्नै घरमा बस्न थालेकाछन । – एस काठमाडौं
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्