×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

म विरामी भए राज्यकोषबाट एक रुपैया लिन्न, मेरो प्रण हो

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

म विरामी भए राज्यकोषबाट एक रुपैया लिन्न, मेरो प्रण हो

१६ भाद्र २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली विदेशमा उपचार गराइरहेका बेला र पूर्वराष्टपति डा. रामबरण यादव अमेरिका जाने तयारी गरिरहेका बेला स्वास्थ्यमन्त्री गगन थापाले विशिष्ट ब्यक्तिका नाममा राज्यकोषको रकम दुरुपयोग भएको बताएका छन् । उहाँहरुले ब्यक्तिगत खर्च गरेर जहाँ गएर पनि उपचार गर्न सक्नुहुन्छ, त्यो ब्यक्तिगत कुरामा मलाई केही भन्नुछैन, उनले भने तर राज्यकोषको रकम खर्च गर्नु गलत हो ।
सामान्य नागरिकले समान्य उपचार नपाइरहेका बेला विशिष्ट ब्यक्तिका नाममा बर्षेनी ठुलो धनरासी राज्यकोषबाट खर्च हुनु बिडम्वना भएको बताए । म आज प्रण गर्न चाहान्छु, म विरामी भएँ भने उपचारका लागि राज्यकोषबाट एक रुपैया पनि लिन्न, मेरो घोषणा हो, स्वास्थयमन्त्री थापाले भने पाँच या दश बर्षभित्र नेपालमा विदेश स्तरको उपचार हुन सक्ने अबस्थाको शिर्जना गर्नेतिर छ ।
थापाले आफ्नो रोजाई उर्जा या कृषि भएपनि पार्टीगत भागबन्डाका कारण आफु स्वास्थ्यमन्त्री बनेको बताए । म स्वास्थ्यमन्त्री बन्दै गर्दा निकै ठुलो ठर लागेको छ । सवै कर्मचारीहरुसँग छलफल गरेपछि दुई गुना आत्मविश्वास बढेको छ, थापाले भने स्वास्थ्य क्षेत्रमा आमुल परिर्वन हुन्छ र गर्छु ।
स्वास्थ्यमन्त्री थापाले एक सय दिनको कार्ययोजना सार्वजनिक गर्ने तयारी गरेका छन् । मन्त्री भएको एक सयदिन भित्र आफुले गर्न सवै कामको योजना २३ भदौमा सार्वजनिक गर्न लागेका छन् । स्थानीय निकायको निर्वाचनपछि यो सरकार हट्ने भएपछि आफुले छोटो समयमा धेरै काम गर्न कार्य योजना ल्याउन लागेको बताए ।
  • एस काठमाडौँ 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: