
- सबिना बानियाँ/ अर्थ सरोकार डटकम
भक्तपुर – राष्ट्रिय उपभोक्ता मञ्चले ग्याँसको प्रयोग र सम्भाबित हुन सक्ने दुर्घटनाका बिषयमा बुधबार रफत सञ्चार क्लवमा एलपी ग्याँसको उपयोग सम्बन्धि उपभोक्ता सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा राष्ट्रिय उपभोक्ता मञ्चका केन्द्रीय अध्यक्ष प्रेमलाल महर्जनले ग्याँस सिलिन्डरको उपयोगमा सचेतना अपनाउन नसके त्यसले मानवीय क्षती निम्त्याउने र यसलाई न्यूनीकरण गर्न जनतामा सचेतना जगाउनु पर्ने बताए । प्रयोग गरिरहेको सिलिन्डरको अवस्थाका बारे जानकारी लिएर मात्र ग्याँस सिलिन्डर भान्सामा भित्रयाउने र कुनै त्यस्तो क्रुटी भेटिए त्यसको तत्काल परिवर्तन गर्नु पर्ने उनले जानकारी दिएका छन् ।
उनका अनुसार उपभोक्तामा देखिएको चेतनाको अभावका साथै उद्यागीहरुले ग्याँस सिलिन्डर निर्माणमा देखिएका त्रुटिहरुलाई सच्चाउन र ग्याँस सिलिन्डरको परिक्षण गर्न तर्फ ध्यान नदिँदा भैपरि आउने दुर्घटना बढेको छ ।
कार्यक्रममा पूर्व उद्योगमन्त्री महेश बस्नेतले कच्चा ग्याँस सिलिन्डरको कारण दुर्घटना भई ज्यान गुमाएका परिवारहरुलाई क्षतीपूर्ती दिने भन्दापनि उल्टो शक्तिको आडमा त्रास थपिदिएको घटना भक्तपुरमै घटेको जानकारी दिएका छन् । उनका अनुसार उद्योगीको गल्तीका कारण आमगृहिणीले ज्यान गुमाउनु परेको र सरोकारवालाहरुले नियमन गर्न नसक्दा ग्याँस सिलिन्डरमा त्रुटी देखिएको हो । जनजीवीकामा जोखिम देखिने सवालमा कसैले गलत राजनीतिक संरक्षण दिन नहुनेमा उनले जोड दिएका छन् ।
कार्यक्रममा एलपी ग्याँस सिलिन्डर पड्कदाँ ज्यान गुमाएका भक्तपुर पलाँसेका मृतकका भाई सविन महतले एलपी ग्याँस सिलिन्डरको त्रुटिकै कारण आफ्नो दाईले ज्यान गुमाउनु परेको र सिकिस्त घाईते भएकी भाउजुको उपचार खर्च समेत उपलब्ध नगराएको जानकारी दिर्दै न्याय माग्ने ठाउँमा समेत न्याय पाउन नसकेको तर्फ उपभोक्ता मञ्चलाई पहल गरिदिन आग्रह गरेका थिए ।
कार्यक्रममा बिभिन्न महिला उपभोक्ता समितिका पदाधिकारीहरु सहभागी भएका थिए । वक्ताहरुले सरकारको नियमनमा कमजोरी भएकै कारण उपभोक्ता ठगिन बाध्य भएकै कारण कालो बजारी मौलाउनका साथै सिलिन्डरमा देखिएको कमजोरीको कारण अनाहकमा गृहिणीहरुले ज्यान गुमाउनु परेको गुनासो पोखेका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्