काठमाडौँ – साताको पाचौ दिन बिहिबार सुनचाँदीको मूल्य घटेको छ। बुधबारको कारोबारमा प्रति तोला ५८ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ३ सयले घटेर प्रति तोला ५८ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ। त्यस्तै तेजावी सुन प्रति तोला ५७ हजार ८ सय ५० रुपैयाँमा कारोबार भैरहेको छ। चांदी प्रति तोला ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। यो अघिल्लो दिनको तुलनामा ५ रुपियाँले कम हो ।
नेपाल सुनचांदी ब्यबसायी महासंघले आज बिहीबारको कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ४९ हजार ८ सय १० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ४९ हजार ५ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै १० ग्राम चांदीको मूल्य ७ सय २९ रुपैयाँ रहेको छ।