काठमाडौँ – साताको चौथो दिन बुधबार सुन चाँदीको मूल्य घटेको छ। सोमबारको कारोबारमा प्रति तोला ५८ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ३ सयले बढेर प्रति तोला ५८ हजार ५ सयमा कारोबार भईरहेको छ।
त्यस्तै तेजावी सुन प्रति तोला ५८ हजार २ सय ५० रुपैयाँमा कारोबार भैरहेको छ। चांदी प्रति तोला ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ। यो अघिल्लो दिनको तुलनामा १० रुपियाँले कमि हो ।
नेपाल सुनचांदी ब्यबसायी महासंघले आज बुधबार कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ५० हजार १ सय ५५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ४९ हजार ९ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै १० ग्राम चांदीको मूल्य ७ सय ३७ रुपैयाँ ५० पैसा रहेको छ।