Skip to content

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

Dish Home

अर्थ सरोकार


काठमाडौँ – साताको दोस्रो दिन सोमबार सुनको मूल्य स्थिर छ भने चाँदीको मूल्य घटेको छ। आइतबारको कारोबारमा प्रति तोला ५८  हजार ७   सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज पनि सोहि मूल्यमा कारोबार भईरहेको छ । त्यस्तै तेजावी सुन प्रति तोला ५८  हजार ४  सय ५० रुपैयाँमा कारोबार भैरहेको छ। चांदी प्रति तोला ८ सय ६०   रुपैयाँमा कारोबार भइरहेको छ।यो अघिल्लो दिनको तुलनामा  ५  रुपियाले कमि हो । 
नेपाल सुनचांदी ब्यबसायी महासंघले आज सोमबारको  कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ५० हजार ३  सय  २५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ५० हजार १   सय १०  रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै १० ग्राम चांदीको मूल्य ७ सय ३७  रुपैयाँ ५० पैसा रहेको छ। 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्