काठमाडौँ – साताको तेस्रो दिन मंगलबार सुन चाँदीको मूल्य बह्देको छ। सोमबारको कारोबारमा प्रति तोला ५८ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा १ सयले बढेर प्रति तोला ५८ हजार ८ सयमा कारोबार भईरहेको छ। त्यस्तै तेजावी सुन प्रति तोला ५८ हजार ५ सय ५० रुपैयाँमा कारोबार भैरहेको छ। चांदी प्रति तोला ८ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ।
यो अघिल्लो दिनको तुलनामा १० रुपियाँले कमि हो । नेपाल सुनचांदी ब्यबसायी महासंघले आज मंगलबारको कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ५० हजार ४ सय १० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ५० हजार १ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै १० ग्राम चांदीको मूल्य ७ सय ४६ रुपैयाँ रहेको छ।