Skip to content
LAXMI SUNRISE BANK

धन्यवाद दिएको हप्ता दिन नबित्दै पूर्वराजा ज्ञानेन्द्रको दरबारमा काटियो विद्युत लाइन

अर्थ सरोकार

काठमाडौँ – नेपाल विद्युत प्राधिकरणले ७१ लाख नबुझाएको भन्दै नागार्जुन दरबारको विद्युत लाइन काटेको छ । उक्त रकम सस्कृति मन्त्रालयले  तिर्नु पर्ने थियो । सो महशुल भुक्तानी नगरेको कारण देखाँउदै बिहीबार साँझ पाँच वजे नेपाल विद्युत प्राधिकरणले नागार्जुन दरबारको  विद्युत कटौति गरेको हो ।

सरकारको स्वामित्वमा रहेको नागार्जुन दरबार गणतन्त्र घोषणापछि सरकारले पूर्व राजा ज्ञानेन्द्र शाहलाई बसोबास गर्न उपलव्ध गराएको थियो । पूर्व राजा ज्ञानेन्द्रको परिवार कहिले नार्गाजुन त कहिले महाराजगञ्जस्थित  निर्मल निवासमा बस्दै आएका थिए ।

जनार्दन शर्मा उर्जामन्त्री भए लगत्तै  पूर्व वडामहारानी रत्ना बस्दै आएको महेन्द्र मञ्जिलमा समेत विद्युत कटौति गरिएको थियो । तर चौतर्फी दवाव परेसँगै २४ घण्टा नबित्दै विद्युत जोडिएको थियो । सो लगतै विज्ञप्ती नै जारी गरी पूर्व राजा ज्ञानेन्द्रले आफ्ना प्रंशसक र नेपाल सरकारलाई धन्यवाद व्यक्त गरेका थिए  ।

  • एस काठमाडौँ 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK