
काठमाण्डौ – प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको हेलो सरकारमा सर्वसाधारणका करिब चार हजार गुनासो अझै फछ्र्योट हुन बाँकी रहेको छ ।
वि.सं २०६८ कात्तिकबाट सर्वसाधारणको गुनासोलाई सम्बन्धित मातहतका कार्यालयलाई पु¥याएर समस्या समाधान गर्ने भनेर सञ्चालनमा आएको हेलो सरकारले अझै चार हजार गुनासोलाई नगरेको हो ।
हेलो सरकारका प्रमुख प्रद्युन्नप्रसाद पौडेलले गुनासो फछ्र्योट भइरहेको भन्दै अझै चार हजार गुनासो फछ्र्योट हुन बाँकी रहेको जानकारी गराए । उनका अनुसार ४९ हजार ५५८ मध्ये अहिलेसम्म चार हजार ५४९ गुनासा फछ्र्योट भएको छ ।
‘कतिपय नीतिसँग जोडिएका गुनासो आउने गर्दछन ।’उनले भने–‘त्यसैले त्यस्ता गुनासो फछ्र्योट गर्न समय लाग्ने गर्दछन् ।’
उनका अनुसार सबैभन्दा बढी गृह मन्त्रालयसँग जोडिएका धेरे गुनासो आउने गर्दछन् । दैनिक करिब ६० गुनासोमध्ये २० वटा जति गृहसँग जोडिएका गुनासा आउने गरेका छन् ।
अहिले ट्राफिक नियम मिचेको, अव्यवस्थित पार्किङ गर्ने गरेको, सार्वजनिक यातायातमा क्षमताभन्दा बढी यात्रु बसाएको गुनासो बढी आउने गरेको उपसचिव समेत रहनुभएका पौडेलले जानकारी गराए ।
यसैगरी, हेलो सरकारमा ट्वीटरमा बढी गुनासा आउन थालेका छन् । २०७२ साल पुसदेखि ट्वीटर सञ्चालन गरेको हेलो सरकारमा दैनिक बढी गुनासो ट्वीटरमा आउने थालेको उनले बताए ।
उनका अनुसार ट्वीटरमा दैनिक करिब ४० को हाराहारीमा गुनासो आइरहेका छन् । फोनमा भने करिब १५ गुनासो आउने गरेका छन् । हेलो सरकारले पाँचै विकास क्षेत्रमा क्षेत्रीय कार्यालय समेत खोलेको छ ।
- बिज़शाला डट कम
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्