
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – डिलक्स गाडी । सुविधाका लागि बढी पैसा तिरिने गाडी । अहिले बजारमा डिलक्स गाडीको माग उच्च छ भने चहलपहल पनि उस्तै छ । लामो यात्रा भनेपछि सजिलै जाउँ भन्ने यात्रुहरुको रोजाईमा पर्ने गरेको छ डिलक्स गाडी । पानी र खाजाको व्यवस्था, वाइफाइ, ठुलो स्क्रीनको एलसीडी, सजिलो सिट, आतिथ्य सत्कार, नम्र भाषाको प्रयोग लगायत थुप्रै कुराहरू हुने भनिएको डिलक्स गाडीका नाममा पछिल्लो समय भने लुट हुने गरेको तथ्य फेला परेको छ । केहि कम्पनीहरुले डिलक्स गाडीका नाममा तोकिएको भन्दा कम सेवा सुबिधा दिएर जनता ठग्ने काम गरिरहेका छन् । तीनैमध्येको एक हो रुपन्देहीस्थित सिद्धार्थ यातायतलाइ पनि सोहि आरोप लागेको छ ।
जे भोगियो गाडी नम्बर ८७६७ मा !
एक यात्रु आफ्नो अन्बुभव सुनाउँदै भन्छन्, ‘८७६७ नम्बरको सिद्धार्थ यातायातको एसी गाडी चढी यात्रा थालियो ।सिट राम्रै थियो । टिभीको आधी स्क्रीन बिग्रेको थियो, वाइफाइको राउटर अन थियो। गाडी चलेपछी स्टाफले पानीको बोत्तल सबैलाई बांडे, मैले वाइफाइ को पासवर्ड मागेँ mountain हो भनेर बताए कनेक्ट पनि भयो, तर वाइफाइ चलेन, मैले सोधेँ उनले बहाना बनाए फेरि सोधेँ फेरि बहाना बनाए, अन्य यात्रुले पनि पनि सोधे तर जवाफमा बहाना मात्र थियो, त्यो त राउटर मात्र कनेक्ट हुँदोरहेछ वाइफाइको पैसा नतिरेर काटेको रहेछ।’ एक यात्रुले सुनाए ।
उनी अगाडी भन्छन्, ‘कर्मचारीको बोल्ने शैलीपनि राम्रो थिएन, लगभग १ घण्टा पछि टिभी र एसी बन्द गरियो, यात्रुहरुले सोधपुछ त गरे तर कर्मचारीले गाडीमा केही खराबी भएको बताए । यसरी एसी गाडीमा बुटवलदेखि काठमाडौसम्म नर्मल भन्दा कमसल यात्रा गरियो किनकि नर्मल गाडीमा पनि टिभीको चाहिं राम्रो प्रबन्ध हुन्छ ।’
अर्थ सरोकारसंग कुराकानी गर्दै उनले रिस पोखे, ‘यहाँ धेरै सवाल छन् । के सिद्धार्थ यातायातको धन्दा यही हो ? के सबै डिलक्स गाडीले यात्रुलाइ यसै गरी लुट्छन ? के यात्रुलाई व्यावासयोलाई सधैँ बेवकूफ सम्झिन्छन ? के यो पारा ले यातायात ब्यबसाइ र डिलक्स गाडीको इज्जत रहला ? के झन्डै डबल भाडा लिएर पैसा कमाउने ध्याउन्न मात्र हो ? के यो तरिकाले व्यावसायिक धर्म निर्वाह भयो? के एउटा पानीको बोत्तलको पैसा झन्डै ४०० हो ? के सर्वसाधारण सधैँ यसैगरी ठगिनुपर्ने हो ? यी प्रतिनिधि प्रश्न मात्र हुन अब रियालिटी हेरौँ:- सामन्य गाडी को भाडा ४६० छ डिलक्स को ८७५, जम्मा ४१५ रुपैयाँ बढी लिन्छन, सिट सङ्ख्या ३३ हुन्छ, ४१५ को दरले ३३ जनाको १३६९५ रुपैयाँ हुन्छ, सुविधा नदिने हो भने भाडामा किन यत्रो अन्तर? ‘
उनी आक्रोशीत हुँदै अगाडी भन्छन्, ‘यस्ता आवाज कसले उठाउने? सम्बन्धित निकायको आँखा कहिले पर्ने? हामीले यस्ता सास्ती कहिले सम्म बेहोर्ने? यो प्रतिनिधि घटना हो, यस्ता लुट देशका कुना कुनामा भैरहेका छन्, थुप्रै डिलक्स गाडी यहाँ दिनहुुँ गुड्छन, के यसै गरी सबैले ठगी गरिरहेका त छैनन् ? यो प्रवृतिको ठगी कहिलेसम्म?
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्