
रत्ननगर – चितवन राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्र आसपासका क्षेत्रमामा दुर्लभ वन्यजन्तु असुरक्षित हुन थालेपछि निकुञ्जले कडा निगरानी थालेको छ ।
मुख्यगरी जिल्लाको पश्चिम मेघौलीको एक होटलका कर्मचारीको लापर्बाहीका कारण करेन्ट लागेर दुर्लभ एक सिङ्गे गैँडा मरेपछि निकुञ्जले होटलमा कडा निगरानी थालेको हो । निकुञ्ज आसपास पश्चिम क्षेत्रमा सुविधायुक्त दर्जनौँ होटल सञ्चालनमा छन् ।
चौधरी ग्रुपले सञ्चालन गरेको होटल मेघौली सेराइ अगाडि यही साउन २४ गते डुङ्गा बनाउने क्रममा छाडिएको करेन्ट लागेर एउटा वयस्क पोथी गैँडा मरेको थियो । सो घटनामा निकुञ्जले पक्राउ गरेका नौ जनामध्ये अदालतको आदेशानुसार दुई भारतीयसहित चारजना पुर्पक्षका लागि थुनामा छन् । ‘हामीले होटलमाथि कडा निगरानी थालिसकेका छौँ, निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले भने–‘होटल अनुगमन गर्ने र त्यसका हरेक गतिविधि जानकारी लिने तयारी समेत भएको छ ।’
होटलको लगत समेत लिने निकुञ्जले तयारी गरेको छ । कतिजना कर्मचारी छन् । के के काममा छन् । दर्ता छ कि छैन । राजस्व बुझाएको छ वा छैन । मध्यवर्ती क्षेत्रभित्र के कस्तो गतिविधि सञ्चालन गरिरहेको छ लगायत विषयमा सबै निगरानी हुने कँडेलले बताए ।
वातावरणीय प्रभाव मूल्याङ्कन गरेको छ कि छैन भन्ने विषयमा समेत अनुगमन गरिने निकुञ्जले जनाएको छ । वन, वन्यजन्तु र जैविक विविधताका विरुद्धका कुनै पनि गतिविधि भए त्यस्तोलाई कारबाहीको दायरामा ल्याउने गरी अनुगमन हुने निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिए ।
निकुञ्ज नजिक मध्यवर्तीसँग जोडिएको पश्चिम क्षेत्रमा मेघौली सेराइ, कसरा रिसोर्ट, गोलाघाट रिसोर्ट, टाईगर ल्यान्ड, जङ्गल भिल्ला, सफारी नारायणी, इको वाइल्डलाइफ रिसोर्ट, मचान प्याराडाइज, राइनो रिसोर्ट, सेन्ट्रल पाम जङ्गल रिसोर्ट, होटल बाराहीलगायत छन् । चितवनको सौराहा क्षेत्रमा समेत प्रसस्तै होटल छन् । कतिपय होटल स्टारतहका छन् । ती होटल आसपासका क्षेत्र गैँडा बाघ, चित्तल, मृग, भालु, हात्ती, बँदेललगायत वन्यजन्तु विचरण गर्ने क्षेत्र रहेको जनाइएको छ ।
- बिज़शाला डट कम
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्