
काठमाडौ – नेपाल प्रहरीका आईजी उपेन्द्रकान्त अर्यालका कारण अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा कार्यरत डीआइजी हेमन्त मल्ल ठकुरी फिर्ता भएका छन् ।
अख्तियार प्रमुखको भन्दा आईजी अर्यालको ईन्ट्रेस बमोजिम चलेपछि उनलाई अख्तियारबाट फिर्ता पठाईएको स्रोतको दाबी छ । नेपाल प्रहरीमा व्यावसायिक अधिकृतको रूपमा चिनीने डिआईजी मल्ल करिब सात महिना अगाडि केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)बाट अख्तियारमा सरुवा भएका थिए । डिआईजी मल्ललाई अख्तियारको आदेशमा प्रहरी मुख्यालयको सिफारिस अनुसार गृहमन्त्री स्तरिय निर्णयबाट आइतबार अपरान्ह मुख्यालयमा सरुवा गरिएको हो ।
डिआईजी मल्लको सरुवापछि रिक्त ठाउँमा आईजीपी अर्यालले बिषेश व्यूरोका डिआईजी बमबहादुर भण्डारीलाई पठाउन चाहे पनि उनको सपना भने अधुरो रहने भएको छ । स्रोतका अनुसार डिआईजी भण्डारीलाई अख्तियारमा पठाएर आईजीपी अर्याल आफ्नो दबदबा कायम नै राख्न चाहान्थे तर भण्डारीले अख्तियार नजाने अडान लिएपछि आईजीपी अर्याल अन्य डिआईजीको खोजिमा छन् । तर अख्तियार प्रमुख लोकमानसिंह कार्कीले आयोगमै कार्यरत एसएसपी योगेश्वर रोमखामीलाई कामू दिएर राख्ने निर्णय गरेपछि आईजीपीको खेल बन्द भएको छ ।
अख्तियारको गोप्य सुचना आईजीपीसँग शेयर गरेको आरोप डिआईजी मल्लमाथी लगाउँदै अख्तियारले मल्ललाई हटाउन आईजीपी अर्यालाई दबाब दिएको अख्तियार स्रोत बताउँछ ।
डिआईजी मल्ल प्रहरी संगठनमा आईजीपी अर्याल निकट मानिन्छन् । उनलाई एआईजी बनाउने लबिङमा समेत आईजीपी अर्याल लागि परेका थिए । सिआईबीमा छदा न्याधिस रणबहादुर हत्या काण्ड र रानीवारी काण्डको सफल अनुसन्धान गर्न सफल डिआईजी अनुसन्धान कर्तामा समेत उत्कृष्ट मानिन्छन् । अख्तियार प्रमुख लोकमान सिंह कार्कीकोे ईन्ट्रेस बमोजिम नचलेपछि डिआईजी मल्ललाई हटाएको हल्लाले यतिखेर प्रहरी संगठन हल्लिएको छ ।
- जनप्रहार साप्ताहिक
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्