एजेन्सी– भारतको चर्चित मिडिया नवभारत टाइम्सले सनसनीपूर्ण समाचार छापेको छ । उक्त मीडियामा छापिएको विश्लेषणात्मक समाचारमा भनिएको छ, ‘चीनलाई टक्कर दिँदै भारतले एशियामा आफ्नो गुमेको जमीन फिर्ता पाएको छ ।’ समाचारमा विशेष गरी नेपाल र श्रीलंकाको विषयलाई उठान गरिएको छ।
नेपालको विषयमा नवभारत टाइम्सले लेखेको छ, ‘नेपालमा केपी शर्मा ओलीप्रति आवश्यकता भन्दा बढी निर्भर रहनुको फल चीनले भोग्नु परेको छ । ओली जुन भारतविरोधी कार्डको सहायताले चीनको भलो गरिरहेका थिए, त्यो अब विगत बनिसकेको छ ।’
ओलीले मधेस आन्दोलन र त्यसमा भएको घाटाको जिम्मा भारतको टाउँकोमा राखिदिएको बताउँदै भनिएको छ, ‘अन्नतः उनी असफल भए । पुष्पकमल दाहाल प्रचण्ड पुनः सत्तामा आउनु भारतका लागि राम्रो भएको छ र उनले भारतसँगको सम्बन्धलाई अझ बलियो बनाउने कुरा गरेका छन् ।’
हेर्नुहोस् प्रमाण :