×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विभागका कर्मचारीको गुनासो, ‘करदाताले साइट नचलेको मात्र देख्छन्, हामी रातभर काम गरीरहेको कसले बुझ्ने ?’

PRIME CA

विभागका कर्मचारीको गुनासो, ‘करदाताले साइट नचलेको मात्र देख्छन्, हामी रातभर काम गरीरहेको कसले बुझ्ने ?’

२५ भाद्र २०७३, शनिबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • सुरज प्याकुरेल / अर्थ सरोकार डटकम 

काठमाडौँ – आन्तरिक राजस्व विभागको वेव साइटमा समस्या देखिएपछी अहिले करदातामा आक्रोश छ । करको विवरण बुझाउने अन्तिम मिति आइपुग्दापनि साइटको समस्या समाधान नभएपछी अहिले करदाताले आफ्नो रिस विभिन्न कर कार्यालयका कर्मचारीहरुलाइ पोख्ने गरेका छन् । नपोखुन् पनि किन जरिवानाको सवाल जो छ । तर आन्तरिक राजस्व विभागका कर्मचारीको गुनासो भने बेग्लै छ । उनीहरु आफु अहोरात्र खट्ने गरेको, रातभर काम गरेको, घरनै गएपनि निकै अबेर गएको गुनासो पोख्छन् ।  
विभागका प्रवक्ता राममणि दुवाडीले आफ्ना कर्मचारीहरु अहोरात्र खटीरहेको बताएका छन् । उनी भन्छन्, ‘ मैले पनि साइटमा किन यस्तो समस्या आयो भनेर सोध्दा कर्मचारीहरुले, सबैले साइट नचलेको मात्र देख्ने गरेको र आफु लागिरहेको कुरा भने देख्ने नगरेको गुनासो पोख्ने गरेका छन् ।’ उना अनुसार अन्तिम समयमा आएर साइटमा थुप्रै करदाताले एकै पटक विवरण बुझाइरहेकाले यस्तो समस्या भएको हो ।
यता विभागका सुचना प्रविधि बिज्ञ प्रेमशरण श्रेष्ठले पनि आफ्ना कर्मचारीहरु रात दिन खटीरहेको बताएका छन् । साथै सुचना प्रविधि साखाका कर्मचारी दिपेश लेखक र बिनोद विडारीले पनि आफुहरु अहोरात्र खटीरहंदा पनि साइटमा समस्या आएको भएपनि आफुहरुले मेहेनतभने गरीरहेको बताउँछन् । ‘हामी रातभर पनि काम गरिरहेका छौं ।’ विनोद विडारीले अर्थ सरोकार डटकमसँग भने ।          
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: