
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ -आन्तरिक राजस्व विभागको वेवसाइटमा पुन: समस्या देखिएको छ । घरीघरी साइट चल्ने घरी नचल्ने भइरहेको छ भने फाइल अपलोड गर्नमा समेत समस्या परेको छ । साइटमा भर्नुपर्ने भ्याटको विवरण साइटमा भर्न कुनै बेला मिल्ने कुनै बेला नमिल्ने भइरहेको छ ।
अर्थ सरोकार डटकमसंग कुराकानी गर्दै आन्तरिक राजस्व विभागका सुचना अधिकृत राममणि दुवाडीले साइटमा कहाँ समस्या भएको हो त्यो पहिचान हुने काम भइरहेको र छिट्टै नै साइटमा देखिएको समस्या समाधान हुने बताएका छन् । अन्तिम समयमा आएर साइटमा करदाताको चाप बढ्ने भएकाले यस्तो समस्या आएको र समस्या समाधानका लागि कर्मचारीहरु लागि परेको बताएका छन् ।
यद्यपी आज खुलेको समयमा भने ८००० बढी विवरण भेरिफाइ भएको विभागले बताएको छ । ‘कहिले खुल्ने कहिले नखुल्ने भएको छ । हामी छिट्टै मिलाउंदै छौं । ‘ अर्थ सरोकारसँग कुराकानी गर्दै विभागका सुचना प्रविधि विज्ञ प्रेमशरण श्रेष्ठले बताए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्