- सुरज प्याकुरेल / अर्थ सरोकार डटकम
काठमाडौँ – आन्तरिक राजस्व विभागको वेव साइटमा एक महिनाअघि देखिएको समस्या अझैपनि पूर्ण रुपमा समाधान हुन सकेको छैन । साइटमा निरन्तर समस्या हुँदा करदाता मर्कामा परेका छन् भने समयमा विवरण नबुझाएको भन्दै जरिवाना पर्न सक्ने सम्भावनाले करदातालाई अफ्ट्यारोमा पारेको छ । साइटमा घरी खुल्ने घरी नखुले, भेरिफाइ नहुनेजस्ता समस्याहरु देखिएका छन् ।

अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै आन्तरिक राजस्व विभागका प्रवक्ता राममणि दुवाडीले आफ्ना कर्मचारीहरु र परामर्श दिइरहेको कम्पनी पीसीएस गरी कुल २५ कर्मचारी काम गरीरहेको भएपनि समस्याको समाधान ननिस्किएको स्वीकार गरेका छन् । ‘समस्या कहाँ नेर छ भन्ने नै थाहा भएको छैन। हाम्रा कर्मचारीहरु लागिरहनु भएको छ ।’ उनले भने ।

यता विभागका सुचना प्रविधि विज्ञ प्रेम शरण श्रेष्ठले पनि साइटमा जटिल समस्या आएको र समस्याको समाधान खोजीरहेको बताएका छन् । ‘हामी रात दिन काम गरिरहेका छौं । कतै कोडमा त्रुटि भएको छ भन्ने हाम्रो प्रारम्भिक अनुमान छ र्याही अनुसार काम भइरहेको छ। ‘ अहिले होइन हामी समस्या आएको दिनदेखिनै निरन्तर यो समस्या समाधान गर्न लागिरहेका छौं तर पूर्ण रुपमा सफल भएका छैनौं ।

यता सुचना प्रविधि साखाका कर्मचारी विनोध विडारी भन्छन्, ‘हामी राती पनि काम गरीरहेका छौं । कतिपय करदाताले राती पनि विभागको फोन उठेको भन्दै खुसी व्यक्त गर्नुहुन्छ । हाम्रो तर्फबाट केहि कसुर बाँकी राखेका छैनौं । ‘ यता सोहि साखाका दिपेश लेखक भन्छन्,’करदातालाइ हामीले कामनै गरेको छैनौं भन्ने लागेको होला जुन सरासर गलत छ । केहि समस्या समाधान भएको छ र केहि बाँकी छ । तर समस्या आएको पहिलो दिनदेखि नै हामी अहोरात्र लागिरहेका छौं ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्