
काठमाडौं – सरकारले राष्टपति र प्रधानमन्त्रीको विदेश भ्रमणमा २३ जनाभन्दा बढि जान नपाउने कार्यविधि बनाएको छ । तर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भोलीदेखि हुने भारत भ्रमणमा ४२ जनाको टोली समावेश गरिएको छ ।
प्रधानमन्त्री दाहालले भ्रमण टोली सानो र कार्यविधि नमिचिनेगरी बनाउन प्रधानमन्त्री कार्यालय र परराष्टमन्त्रालयलाई निर्देशन दिएका थिए । तर प्रधानमन्त्री कार्यालयका अधिकारीहरुले भ्रमण टोलीको संख्या ४२ जना पुरयाएका छन् । प्रधानमन्त्रीको निर्देशनलाई बेवास्था गर्दै परराष्ट र प्रधानमन्त्री कार्यालयका अधिकारीहरुले जम्वो टोली निर्माण गरेका छन् । ४२ जनाकै खर्च राज्यकोषबाट हुने स्रोतले बताएको छ ।
भोलीदेखि भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री दाहाललाई स्टेट सम्मान दिने दिल्लीले तयारी गरेको छ । प्रधानमन्त्री दाहाल भारतीय राष्टपति निवासमा बस्ने भएका छन् । प्रधानमन्त्रीसँगै १६ जना अतिविशष्टलाई राष्टपति निवासमा बस्ने ब्यवस्था गरिएको छ । तर अन्यलाई भने होटलमा ब्यवस्था गरिएको छ ।
प्रधानमन्त्रीको भारत भ्रमणमा ब्यवसायी, र निजिक्षेत्रका मिडियाहरु पनि जाने गरेका छन् । उनीहरुको खर्च कसले ब्यहोर्ने भन्नेमा प्रधानमन्त्री कार्यालय भने अझै दुविधा छ । कार्यविधिलाई मिचेर प्रधानमन्त्रीको भ्रमणमा जिम्वो टोली जाने प्रचलन नै भइसकेको छ । यसअघिका प्रधानमन्त्रीहरुले पनि कार्यविधि मिचेर जम्वो टोली लिने गरेका थिए ।
- एस काठमाडौँ
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्