×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ऊर्जामन्त्री र कर्मचारीबीच मन्त्रालयमै कुटाकुटको अबस्था

GLOBAL IME BANK

ऊर्जामन्त्री र कर्मचारीबीच मन्त्रालयमै कुटाकुटको अबस्था

२३ भाद्र २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – ऊर्जामन्त्री जनार्दन शर्माले नेपाल विद्युत् प्राधिकरकणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेलाई राजीनामा दिन भनेपछि मन्त्रालयमा मन्त्री र कर्मचारीबीच नै चर्को भनाभनसंगै झण्डै कुटाकुटकै अबस्था सृजना भएको छ । मन्त्री शर्माकै कार्यकक्षमा पुगेका कर्मचारीले कार्यकारी निर्देशक काफ्लेलाई नहाटाउन र हटाएको खण्डमा तत्काल आफूहरू आन्दोलनमा जाने चेतावनी दिएपछि मन्त्री शर्मा र कर्मचारीबीच चर्को भनाभन भएको हो । मन्त्री कक्षमा पुगेका कर्मचारीलाई मन्त्री शर्माले तत्काल लोडसेडिङ हटाउने र घाटामा गएको प्राधिकरणलाई नाफामा लैजाने लिखित प्रतिबद्धता गर्नुस्, म मुकेशराज काफ्लेलाई हटाउँदिनँ भनेपछि विवाद उत्पन्न भएको थियो ।  मन्त्री शर्माले सो भनेपछि कर्मचारीले भने, ‘हामीले किन प्रतिबद्धता गर्ने ? नयाँ आउने कार्यकारी निर्देशकले लोडसेडिङ हटाउने र प्राधिकरणलाई नाफामा लैजाने तपाईं लिखित प्रतिबद्धता गर्नुस्, मुकेशलाई आजै हटाउँदा हुन्छ ।’ भनेपछि भनाभन चर्किएको थियो ।
मन्त्रालयमा विद्युत्् प्राधिकरणका कर्मचारी संघ, कर्मचारी युनियन र कर्मचारी कल्याण परिषद्का अध्यक्षको प्रतिनिधिमण्डलसँगको भेटमा भनाभन भएको हो । पूर्वमन्त्रीले गठन गरेको कार्यसम्पादन मूल्यांकन समितिले काफ्लेलाई असफल भएको प्रतिवेदन दिएकाले राजीनामा दिन भनेको मन्त्री शर्माले बताए । कर्मचारी संघका अध्यक्ष जनार्दन भट्टराईले मन्त्री शर्मालाई भने, ‘तपाईंले मन्त्रालय सम्हालेको तीन साता भइसकेको छ, तपाईंले काफ्लेसँग कुरा नै नगरी हटाउन खोज्दै हुनुहुन्छ, हामीलाई मान्य छैन ।’
काफ्लेको समय ३ महिना मात्र बाँकी भएको र विधिसँगत नियुक्त भएको व्यक्तिलाई हटाउनु हुँदैन भन्ने अडान कर्मचारीको रहेको छ । कर्मचारी संगठनहरूले काफ्लेलाई हटाए नयाँ आउने कार्यकारी निर्देशकलाई प्राधिकरण प्रवेश गर्न नदिने चेतावनीसमेत मन्त्री शर्मासामु दिएका छन् । कर्मचारी र मन्त्रीबीच भएको भनाभनपछि झन् आक्रोशित भएका ऊर्जामन्त्री शर्माले कार्यकारी निर्देशक काफ्लेलाई हटाउन अब बस्ने मन्त्रिपरिषद् बैठकमा लैजाने बताएका छन् ।  मन्त्री शर्माले आफूले भनेको नमानेपछि यसबारेमा प्रधानमन्त्रीले नै अन्तिम निर्णय गर्ने दाबी गरे । मन्त्री शर्मा काफ्लेको कामप्रति  असन्तुष्टि रहेकाले राजीनामा गर्न भनेको बताए । आफूले कुनै आग्रह÷पूर्वाग्रह राखेर काफ्लेको राजीनामा नमागेको मन्त्री शर्माले दाबी गरेका छन् ।
कार्यकारी निर्देशक काफ्लेले प्रत्येकपटक ऊर्जामन्त्री परिवर्तन हुँदा नयाँ मन्त्रीको पहिलो काम आफूलाई हटाउने प्रयास मात्र भएको बताएका छन् । उनले भने, ‘मलाई पूर्वऊर्जामन्त्री राधाकुमारी ज्ञवाली, वामदेव गौतम, टोपबहादुर रायमाझी र वर्तमान ऊर्जामन्त्री जनार्दन शर्माले कार्यकारी निर्देशकबाट हटाउने मात्र काम पहिलो चरणमा गर्दै आएको र सो दबाबबाट गैरकानुनी रूपमा आफूले राजीनामा गर्दिनँ ।’ मन्त्रीले प्राधिकरणको काम हेर्नुको सट्टा नयाँ ऊर्जामन्त्रीको पहिलो काम आफूलाई नै हटाउने प्रयास रहने गरेको काफ्लेको आरोप रहेको छ । उनले यसअघिका कार्यकारी निर्देशक राजीनामा दिन बाध्य भए पनि आफू विधि र प्रक्रिया बसाउन निर्देशक भएकाले पनि राजीनामा नदिने अडानमा बसेका छन् ।
  • रोशन कार्की/ तिब्र खबर 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: