
काठमाडौं – नेकपा एमाले सांसद राजेन्द्र पाण्डेले चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमणका विषयमा उठेका सवालमा सदनमा जानकारी गराउन माग गरेका छन्।
संसदको बैठकमा पाण्डले प्रधानमन्त्रीले जनताको नाममा संसद मार्फत गरेको सम्बोधनमा सन्तुलित परराष्ट्र नीति भनेकोमा समेत प्रश्न उठाए।
‘छिमेकी देश चीनका राष्ट्रपतिको भ्रमण स्थगित भएको सुनेका छौँ। सन्तुलित नीति भनेको यस्तै यस्तो हो?’
‘समय मिलाउने कुरा भइसकेको थियो त्यो रोकिएको छ,’ पाण्डले भने, ‘यो विषयमा सदनमा जानकारी गराओस्।’
उनले प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा गर्ने छलफलका विषयमा सदनमा जानकारी गराउने अपेक्षा गरेको उल्लेख गरे।
उनले बिहीबार प्रधानमन्त्रीले गरेको सम्बोधनका विषयमा समेत प्रश्न तेर्स्याए – ‘निर्वाचनमा जान्छु भनेर निर्वाचन घोषणा पत्र हो कि। नयाँ प्रधानमन्त्री आएपछि केही बोल्नुपर्छ भनेर बोलेको हो कि।’
पाण्डले भूकम्पबाट क्षत विक्षत भएका नेपाली जनताले आठ लाख पाउने घोषणा गरेको उल्लेख गर्दै अब नयाँ सरकारले १२ लाखको घोषणा गर्नुपर्ने अवस्था आउन लागेको बताए। ‘भूकम्प पीडितले केही नपाउने घोषणा मात्र पाउने अवस्था आयो’ उनले भने।
- पहिलोपोस्ट
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्